२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी ठग्यो- बजाज ओभरसिज म्यानपावरले तीन सय नेपाली ? (भिडियो हेर्नुहोस्)

२०७४, ७ चैत्र बुधबार ०३:३०

अनिल अधिकारी |

चैत ७, काठमाडौँ | बैदेशिक रोजगारमा कुवेत पुर्याउने भन्दै बजाज ओभरसिस म्यानपावरले झन्डै तीन सय भन्दा बढी युवालाई ठगि गरेको खुलेसंगै नेपालमा हुने बैदेशिक रोजगारीको ठगि प्रकरण र यस भित्रको समस्या छताछुल्ल भएको छ । कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यु ब्लु स्टार ओभरसिसमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले सयौं युवालाई ठगि गरेको हो ।


पिडितहरुले तीन सय भन्दा बढीको माग भएको दुई कम्पनिको छुट्टाछुट्टै डिमाण्ड अनुसार सोहि अनुपातमा कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरेर संचालक उमेश कटुवाल भएका छन् भने त्यसै म्यानपावरमा म्यानेजर सर्लाहीका रामेश्वर सिङ पक्राउ परेका छन् । 

कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम अशुल गरेको पाइएको छ । बैदेशिक रोजगारीको क्रममा ठगिएपछी अब आफ्नो पैसा फिर्ता नआउने हो कि भन्नेमा उनीहरुको चिन्ता छ ।

बैदेशिक रोजगार बिभागमा यस अघि आफूहरु ठगिएको भन्दै पुगेका उनीहरुलाई बिभागले ठगहरुको तीन पुस्ते ल्याउन भनेपछि पिडितहरुकै सहयोगमा दुई ठग मध्ये एक सर्लाहीका रामेश्वर सिङ पक्राउ परेका छन् भने मुख्य ठग फरार छन् । पक्राउ परेका सिङले आफुलाई मासिक पाँच हजार बढी तलब दिएकोले म्यानेजर बनेको भन्दै आफुले ठगि नगरेको बताए । उनले साझा सबालसँग भने – 'म त्यो म्यानपावरको कामदार मात्र हो, ५ हजार बढी दिएको भएर म्यानेजर भएको हुँ, उसले यस्तो धन्दा चलाईरहेको बारे मलाई थाहा छैन ।' युवाहरुबाट पैसा अशुली गर्ने त तपाईं हो रे नि त भन्ने प्रश्नमा पक्राउ परेका सिङले भने -'मैले लिएको हुँ । उसको अफिसमा काम गरेपछि जे भन्यो मैले गर्न बाध्य भएको हुँ ।' 

माथिको तश्विरमा: पक्राउ परेका म्यानेजर सिङ (बायाँ), ठगि गरेर फरार मुख्य आरोपी उमेश कटुवाल (रातो एरोले देखाइएका व्यक्ति)

ठगीमा परेका पीडितहरु अधिकांश ड्राइभर हुन् भने केहि सेक्युरिटी गार्ड पदमा बजाज ओभरसिज मार्फत कुवेत जान तयार भएर काठमाडौँ आएका थिए । पिडितहरुले बताए अनुसार हरेक महिना जस्तो कर्मचारी फेरिने उक्त म्यानपावर १० बर्ष अघि नै ब्याण्ड भईसकेको तर अहिलेसम्म बोर्ड राखेर ठगी धन्दा चलाईरहेको बताएका छन् । यस बिषयमा पक्राउ पर्ने सिङले आफुलाई केहि थाहा नभएको बताए । 

यस सम्बन्धि घटनाको भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण