२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी ठग्यो- बजाज ओभरसिज म्यानपावरले तीन सय नेपाली ? (भिडियो हेर्नुहोस्)

७ चैत्र २०७४, बुधबार ०३:३०

अनिल अधिकारी |

चैत ७, काठमाडौँ | बैदेशिक रोजगारमा कुवेत पुर्याउने भन्दै बजाज ओभरसिस म्यानपावरले झन्डै तीन सय भन्दा बढी युवालाई ठगि गरेको खुलेसंगै नेपालमा हुने बैदेशिक रोजगारीको ठगि प्रकरण र यस भित्रको समस्या छताछुल्ल भएको छ । कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यु ब्लु स्टार ओभरसिसमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले सयौं युवालाई ठगि गरेको हो ।


पिडितहरुले तीन सय भन्दा बढीको माग भएको दुई कम्पनिको छुट्टाछुट्टै डिमाण्ड अनुसार सोहि अनुपातमा कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरेर संचालक उमेश कटुवाल भएका छन् भने त्यसै म्यानपावरमा म्यानेजर सर्लाहीका रामेश्वर सिङ पक्राउ परेका छन् । 

कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम अशुल गरेको पाइएको छ । बैदेशिक रोजगारीको क्रममा ठगिएपछी अब आफ्नो पैसा फिर्ता नआउने हो कि भन्नेमा उनीहरुको चिन्ता छ ।

बैदेशिक रोजगार बिभागमा यस अघि आफूहरु ठगिएको भन्दै पुगेका उनीहरुलाई बिभागले ठगहरुको तीन पुस्ते ल्याउन भनेपछि पिडितहरुकै सहयोगमा दुई ठग मध्ये एक सर्लाहीका रामेश्वर सिङ पक्राउ परेका छन् भने मुख्य ठग फरार छन् । पक्राउ परेका सिङले आफुलाई मासिक पाँच हजार बढी तलब दिएकोले म्यानेजर बनेको भन्दै आफुले ठगि नगरेको बताए । उनले साझा सबालसँग भने – 'म त्यो म्यानपावरको कामदार मात्र हो, ५ हजार बढी दिएको भएर म्यानेजर भएको हुँ, उसले यस्तो धन्दा चलाईरहेको बारे मलाई थाहा छैन ।' युवाहरुबाट पैसा अशुली गर्ने त तपाईं हो रे नि त भन्ने प्रश्नमा पक्राउ परेका सिङले भने -'मैले लिएको हुँ । उसको अफिसमा काम गरेपछि जे भन्यो मैले गर्न बाध्य भएको हुँ ।' 

माथिको तश्विरमा: पक्राउ परेका म्यानेजर सिङ (बायाँ), ठगि गरेर फरार मुख्य आरोपी उमेश कटुवाल (रातो एरोले देखाइएका व्यक्ति)

ठगीमा परेका पीडितहरु अधिकांश ड्राइभर हुन् भने केहि सेक्युरिटी गार्ड पदमा बजाज ओभरसिज मार्फत कुवेत जान तयार भएर काठमाडौँ आएका थिए । पिडितहरुले बताए अनुसार हरेक महिना जस्तो कर्मचारी फेरिने उक्त म्यानपावर १० बर्ष अघि नै ब्याण्ड भईसकेको तर अहिलेसम्म बोर्ड राखेर ठगी धन्दा चलाईरहेको बताएका छन् । यस बिषयमा पक्राउ पर्ने सिङले आफुलाई केहि थाहा नभएको बताए । 

यस सम्बन्धि घटनाको भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण