२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान विदेशबाट आउँदै गरेको थाहा पाउनासाथ पैसा र गरगहना लिएर श्रीमती टाप

२०७५, ९ जेष्ठ बुधबार १२:१२

प्रेम सुनार | जेठ ९, गुल्मी | विदेशबाट श्रीमति प्रतिको माया र सम्झना मनमा सल्वलाउँदै काठमाण्डौ आई पुगेका छिमेकी जिल्ला पाल्पाका एक युवा श्रीमतिलाई थप सर समानहरु किन्नमा ब्यस्त थिए । तर यता श्रीमति भने श्रीमान काठमाण्डौं आएको थाहा पाउनसाथ सुनका गहना, कपडा र पैसा लिएर घरबाट एकाएक बेपत्ता भएकी छन् । 

तानसेन नगरपालिका –१२, बौघापोखराथोककी तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर बेपत्ता भएकी हुन ।

२० वर्षीया तुलसा गएको आइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् । तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको उनले बताए ।

तुलसाकी सासू उजेली र ससुरा दलबहादुरका अनुसार छोरोले डेढ वर्षमा बुहारीकै नाउँमा दुबईबाट पठाएको झण्डै ६ लाख रुपैया र ३ तोला सुनका गरगहना लिएर उनी हिँडेकी हुन् ।

श्रीमान विदेश गएपछि तुलसा धेरै समय मोबाइलमै व्यस्त हुने गरेको सासूससुराले बताएका छन् । ‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’, सासु उजेलीले भनिन्, ‘बुहारीलाई त्यै फोनले बिगार्यो ।’ नातिनी आमा खोज्दै रातदिन रुने र खाना खान पनि नमानेको  हजुर वुवा हजुर आमाले बताए । काठमाण्डौंबाट घर आउन लागेका उनका छोरा न पैसा न श्रीमति हुने चिन्ता परिवारजनमा बढेको छ । श्रीमानले पठाएको पैसा संगै वुहारीको  लवाई खुवाई र चाल चलन नै बेग्लै बनेको उनिहरु बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता