जेठ २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले  तीन वर्ष अघि नेपाल सरकारले लागू गरेको  भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ । हाल  २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेकोले फ्री भिषा र फ्री टिकट निर्णय पुनरावल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले  तीन वर्ष अघि नेपाल सरकारले लागू गरेको  भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ । हाल  २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेकोले फ्री भिषा र फ्री टिकट निर्णय पुनरावल"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंक भन्छ : फ्रि भिसा र फ्रि टिकट निर्णय पुनरावलोकन गर

२९ जेष्ठ २०७५, मंगलवार १३:२३

जेठ २९,काठमाडौं । नेपाल राष्ट्र बैंकले  तीन वर्ष अघि नेपाल सरकारले लागू गरेको  फ्री भिसा र फ्री टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ । हाल  २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेकोले फ्री भिषा र फ्री टिकट निर्णय पुनरावलोकन गर्न राष्ट्र बैंकले सुझाव दिएको  छ ।

 ‘फ्रि भिसा र टिकटको प्रावधानले बैदेशिक रोजगारीमा पारेको प्रभाव’बारे राष्ट्र बैंकले गरेको अध्ययनले हाल सरकारी अनुगमन कमजोर रहेको र म्यानपावर व्यवसायीले अपारदर्शी ढंगले रकम लिने गरेको गुनासो आएपनि त्यसको प्रभावकारी  कार्यान्वयन हुन नसकेको जनाएको छ ।

राष्ट्र बैंकले बैदेशिक रोजगारी सम्वन्धी मापदण्ड तयार पारेर ‘फ्रि भिसा र टिकटको प्रावधान पुनरावलोकन गर्न भनेको छ । गन्तव्य मुलुकसँग सझौता गरेर आफ्नो प्रावधान अवतग गराएर मात्र लागू गर्नु पर्ने  सुझाव दिएको  छ ।निश्चित आम्दानीको सीमा तोकेर त्यसका लागि मात्रै फ्रि भिसा र टिकटको प्रावधान लागू गर्ने र त्यसभन्दा बढी आम्दानी हुने कामका लागि मापदण्ड बनाएर आम्दानीका आधारमा शुल्क उठाउन पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

तोकिएको न्युनतमभन्दा बढी आम्दानी हुने कामका लागि मापदण्ड तयार गरी व्यवसायीले लिन पाउने रकमलाई आम्दानीसँग आवद्ध गर्न उपयुक्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।  बढी आम्दानी देखाएर नक्कली सम्झौतापत्र बनाएर कामदार पठाएमा त्यसअनुसारको रकम म्यानपावर कम्पनीबाट असुल गरेर काकदारलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले देखाएको छ ।

सरकारले २०७२ असार २१ गतेबाट लागू हुनेगरी मलेसिया सहित सात देशमा जानको लागि फ्री भिषा र फ्री टिकटको व्यवस्था लागू गरेपनि म्यानपावर व्यवसायीले कार्यन्वयन गराएका छैनन् साथै नेपाल बैदेशिक रोजगार व्यवसायी संघले कामदारको एक महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने र रोजगारदाताले टिकट उपलब्ध नगराएको खण्डमा कामदार स्वयंले टिकट काटेर जान पाउनुपर्ने माग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट