२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० हजारको मात्र रसिद दिएर ४५ गुणासम्म रकम अशुल्ने म्यानपावरका संचालकहरु पक्राउ

११ असार २०७५, सोमबार ००:०१

असार ११, काठमाडौँ | बैदेशिक रोजगारीको लागि दुवई पठाउन कामदारसँग सरकारले तोकेभन्दा ४५ गुणा बढी अर्थात ४ लाख ५० हजारसम्म अशुल्ने म्यानपावर संचालकहरु पक्राऊ परेका छन् । बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालकहरु चुडाबहादुर कार्की र खगराज दाहाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । 

कामदारलाई १० हजार रुपैयाँको मात्र रसिद  दिएर कानुन बिपरित प्रति कामदार ४ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको सुराकीका आधारमा  उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको म्यानपावर कम्पनीबाट प्रहरीले २ सय ९८ वटा पासपोर्ट, १० लाख २३ हजार रुपैयाँ नगद, इन्ट्री रजिष्टार, डायरी लगायत कागजपत्र समेत बरामद गरी थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार विभागमा पठाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध कारबाहीको अभियान नै संचालन गर्दै आएको  छ । सरकारले तीन वर्ष अगाडी मलेसिया सहित खाडीका ७ देशमा निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था लागू गरेको थियो तर उक्त्त व्यवस्था म्यानपावर कम्पनीले पालना गर्न छोडेपछि श्रम मन्त्री गोकर्ण विष्ट आएसंगै कामदारसंग चर्को शुल्क अशुल गर्ने म्यानपावर कम्पनी विरुद्ध अप्रेसन शुरु भएको हो । 

म्यानपावर कम्पनीको अनुगमन गर्ने निकाय बैदेशिक रोजगार विभागको कार्य फितलो भएपछि श्रममन्त्री  विष्ट गृह मन्त्रालयको सहयोगमा ठगी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याई छाड्ने बताउंदै आएका छन् । सोहि अनुरुप पछिल्ला दिनमा म्यानपावर कम्पनीहरु विरुद्ध परेका उजुरीका आधारमा ठगि गर्ने कम्पनीको शुक्ष्म अनुगमन पनि हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान