असार ११ काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली ठिक नभएको भन्दै संघका निवर्तमान अध्यक्ष बिमल ढकालले गुनासो गरेका छन् । उनले फेसबुक स्टाटस मार्फत संघको कार्यशैली प्रति सचेत रहन म्यानपावर व्यवसायीलाई अनुरोध समेत गरेका छन् ।
उनले वैदेशिक रोजगार व्यवसायी माथि चौतर्फी आक्रमण भैइराखेको समयमा सम्पुर्ण व्यवसायीहरुको छाता संगठन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको भुमिका सुन्यप्राय रहेको आरोप लगाएका छन् । उनले भनेका छन् "सरकारी रवैया र संघको गतिबिधी हेर्दा जुनसुकै बेला पनि व्यवसायी माथी अझ अफ्ट्यारो स्थितिको सिर्जना हुन सक्छ तसर्थ आ आफ्नो तर्फबाट चनाखो भै आआफ्ना समस्या आफ्नै ब्यक्तिगत प्रयासमा समाधान गर्ने दिशामा अगाडि बढन सम्पुर्ण ब्यबसायीहरुलाई अनुरोध गर्दछु।'' साथै उनले संघको कार्यशैली प्रति ९ आरोप लगाएका छन् जुन निम्न छन् ।
- हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारिका सिन्डिकेट बन्द गर्ने बहानामा भिसा लागेर गन्तव्य तिर जान तयार युवाहरुको अन्तिम स्वीकृती रोकेको छ अवस्थामा संघ मौन रहेको जनाएका छन्।
- ऐन,नियम बिपरित ब्यबसायी माथी प्रहरी कारबाही हुँदा संघ मुकदर्शक भएर बसेको छ ।
- सरकार आम व्यावसायिले धान्नै नसक्ने गरि धरौटी वृद्धि गर्दैछ संघ त्यसलाई मौन समर्थन गरेर बसेको छ।
- साउदी दूतावासमा आइ.डि.कार्ड नवीकरण नभएर ब्यबसायी समस्यामा पर्दा संघको नेतृत्व चु सम्म बोल्दैन।
- सिन्डिकेट बन्द गराउने नाममा राजनैतिक भेदभाव गरिएको छ संघ त्यसलाई समर्थन गरेर बसेको छ ।
- सरकार सुधारका नाममा ब्यबसाय नै बन्द गराएर लाखौं बेरोजगार युवाहरुको भबिस्य माथी खेलवाड गरिरहेको छ संघ यसमा केही बोल्दैन ।
- मागपत्र प्रमाणिकरणका नाममा अनेकौ झमेला दिइ राखिएको छ संघ सहजीकरणको लागि केही गर्दैन ।
- आम ब्यबसायीको हक हितमा केही गर्न नसक्ने अनि कसैले आलोचना गर्यो भने संघबाट निलम्बन गर्छु भन्दै संघका अध्यक्ष हिटलरि शैली देखाउदै छन् मानौ संघ अंशवण्डा प्राप्त पैत्रिक सम्पती हो र यहाँ मनलागी जे पनि गर्न पाइन्छ।
- यस्तो त्रासदीपुर्ण अवस्थामा चौतर्फी आक्रमणका बाबजुद ब्यबसाय गर्नुपर्ने आवस्यकता आम ब्यबसायिको छ भने बै.रो.संघ एउटा सानो समुहको हक हितका लागि मात्र तल्लिन भई आम व्यवसायीलाई व्यवसाय बिमुख बनाउने दिसामा अग्रसर रहेका छन्।
