असार १६, काठमाडौं– बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेजी गरेको छ। म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागसँग अनुमति लिएर नियुक्त गरेका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेज गरिएको विभागले जनाएको छ।
यस अघि २०७२ सालमा म्यानपावर कम्पनीले नै आफ्ना प्रतिनिधि एजेन्ट हटाउन विभागमा पत्राचार गरेका थिए। म्यानपावरले माग गरेपनि विभागले प्रतिनिधि एजेन्ट हटाएको थिएन।
विभागले लाइसेन्स खारेज गरेका एजेन्टमार्फत म्यानपावर कम्पनीले कामदार रोजगारीमा पठाएको पाइएमा त्यस्ता कम्पनीलाई कानुनी कारबाही गरिने विभागका महानिर्देशक भुवन आचार्यले बताए ।
हाल म्यानपावर व्यवसायीको सिफारिसमा २ लाख रुपैयाँ धरौटी राखेर विभागबाट एजेन्टको लाइसेन्स लिने व्यवस्था छ।
विभागले खारेज गरेका प्रतिनिधि एजेन्टको नामावलीः