असार १७, काठमाडौँ (रासस) | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले युरोप लैजाने र काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा गोरखाका विष्णु शिवाकोटीलाई आज पक्राउ गरेको छ ।
युरोप लगेर काम लगाइदिने प्रलोभनमा पारेर नक्कली कागजात देखाई प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले पैसा उठाएर टर्की र इजिप्ट पुर्याएर अलपत्र पारेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
मानव बेचबिखन तथा ओसारपसार र ठगी गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । शिवाकोटीलाई काठमाडौँको वीर अस्पताल मार्गबाट पक्राउ गरिएको हो ।