२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा आगोले जलेर एक नेपालीको मृत्यु

२० असार २०७५, बुधबार ०६:०४

असार २०, साउदी । रोजगारीको शिलशिलामा साउदी पुगेका रोल्पा कुरेलीका २३ बर्षिय रामचन्द्र पुन मगर आगोमा जलेर उपचारको क्रममा सोमबार निधन भएको छ । काठमाडौ स्थित वाइड होराइजन ओभरसिज म्यानपावरबाट पुन रोजगारीका लागी साउदी अरबको रियाद स्थित साउदी कार्पेट कम्पनिमा गएका थिए ।


उनि साउदी पुगेको ३१ महिना भएको थियो । गत जुन १६ तारिखका दिन कम्पनीको नियमित ड्युटीकै क्रममा मेसिन सफा गर्दा एक्कासि विद्युतीय लाइन सर्ट भएर आगो लाग्दा उनि आगोमा जलेका थिए ।

आगोले जलेका पुनको साउदिको उच्च अस्पताल रियाद केयर हस्पिटलमा उपचारको क्रममा जुलाई २ तारिख सोमबार निधन भएको हो ।अस्पतालमा नियमित उपचारमा रहेका आफन्त खम बहादुर मगर, हुकुम सिंह रोका र कुरेली समाज साउदिका अध्यक्ष सुरेश रोकाका अनुसार राम चन्द्र पुनको उपचारका लागि आबस्यक रगत समेत दिएर पनि उनलाई बचाउन नसकेकोमा स्तब्ध भएको बताएका छन् । मृतक पुनको अप्रेसनको क्रममा ३ जनाले रगत दान समेत गरेका थिए ।

पुनलाई अस्पतालले आइसियुमा राखेर उपचार गरेको थियो तर आगोले अधिक जलेको कारण उपचार असफल भएको हो ।

मृतक पुनको शव नेपाल पठाउन कानुनी पहलको लागि रोजगारी दाता कम्पनीसंग बुझेर छिटो प्रक्रिया चाल्न नेपाली दूतावास रियादका राजदुत डा. महेन्द्र सिंहलाई नेपाली जन प्रगतिशील मंचका महासचिव बाबुलाल बुढाले जानकारी गराइ सकेको पोष्टपाटीलाई बताएका छन।

कम्जोर आर्थिकस्तर भएका रामचन्द्र पुन घर नगएको ३१ महिना भएको थियो । उनि परिवारको सबै भन्दा जेठो सन्तान थिए । घरको सबै आर्थिक भार उनको काँधमा थियो । अविवाहित रामचन्द्र पुनको परिवारमा बाबा वीर बहादुर पुन, आमा सम्जिता पुन र भाइ भुपेन्दर पुन, बहिनी मीना पुन रहेका छन ।

रामचन्द्र पुनको दुखदायी मृत्यु भएपछी कुरेली समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मंचका अध्यक्ष रामकृष्ण पुन मगर, साउदिका अध्यक्ष सुरेश रोका, प्रमुख सल्लाहकार हितमान बुढा लगायत कुरेलि समाज परिवारले एक नोट जारी गरि मृतक पुनलाई श्रद्धाञ्जली दिनुको साथै शोकाकुल परिवारलाई समबेदना समेत प्रकट गरेको छ ।

समवेदना:-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान