२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीएलएनका संचालकलाई न्युन धरौटीमा छोड्ने जिल्ला न्यायाधीश छानविनको दायरामा

२०७५, २० असार बुधबार १३:३१

 असार २०, काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि न्यायपरिषदले छानबिन गर्ने निर्णय गरेको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट कायम गरेर पौने ३ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका भीएलएन सञ्चालक रामकुमार श्रेष्ठलाई न्युन धरौटीमा छोड्ने जिल्ला न्यायाधीश अम्बरबहादुर बस्नेतमाथि छानबिन गर्ने निर्णय भएको हो।

बुधबार बसेको न्यापरिषदको बैठकले गठन गरेको छानबिन समितिमा न्यायपरिसद् सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिक रहेका छन्।  । 

भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत २ अर्ब ८६ करोड १५ लाख ठगीको मुद्दा चलाएको थियो । तर न्यायाधीश बस्नेतको इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै कानुनमन्त्री शेरबहादुर तामाङले सार्वजनिक रुपमै न्यायाधीशमाथि छानबिन गर्ने अभिव्यक्ति दिएका थिए ।

कामदारबाट अवैध रुपमा रकम असुल गरेको आरोपमा भीएलएन नेपालका राम श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं र ललितपुर जिल्ला अदालतबाट धरौटीमा छुटेपछि उक्त निर्णय विरुद्ध सरकार नै उच्च अदालत गएको  हो। जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र उच्च सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै