२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीको समस्या समाधान नभएको भन्दै सरकार र संघको चर्को आलोचना (भिडियो सहित)

२०७५, २० असार बुधबार १४:५१

असार २०,काठमाडौं। बैदेशिक रोजगार व्यवसायीहरुले मलेसिया रोजगारी समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले आयोजना गरेको व्यवसायी भेला मार्फत हाल मलेसिया रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सरकारले कामदारलाई आर्थिक भार पार्ने मेडिकल संस्था खारेज गर्ने निर्णय गरेसंगै मलेसियाको पुर्व र अन्तिम श्रम स्वीकृति रोकेको थियो । तर म्यानपावर व्यवसायीले त्यसअघि मेडिकल गरेका र भिषा आइसकेका कामदारलाई मलेसिया जान दिनुपर्नेमा जोड दिएका छन्। 


कार्यक्रममा बोल्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बिमल ढकाले हाल सरकारले सबै प्रक्रिया पुरा भएका कामदारको अन्तिम श्रम स्वीकृति रोक्नु जायज नभएको तर्क गरे।  मलेसियाको लागि मेडिकल संस्था खारेज गर्ने निर्णयको व्यवसायीले स्वागत गरेको हो अध्यक्ष ढकाले भने "हाल कामदारले १८ हजार मेडिकलको लागि तिरेसकेका छन् त्यो रकम फिर्ता हुने अवस्था छैन तसर्थ कामदार रोक्नुको औचित्य छैन।'' 


सरकारले आवेगमा आएर निर्णय गरेकोले अहिलेको समस्या आएको भन्दै नीतिगत निर्णय गर्नुपूर्व त्यसले पार्ने असर बारे पनि सचेत हुन् उनले सरकारलाई आग्रह गरे । उनले हाल देखिएको मलेसिया समस्या समाधान गर्न नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको क्षमता नदेखिएको आरोप समेत लगाए।

सङ्घका पुर्व प्रथम उपाध्यक्षमा कुमुद खनालले तत्काल मलेसियन दुतावास मार्फत छलफल आगाडी बढाएर समस्या समाधान गर्न सरकारलाई सुझाव दिए । साथै उनले सरकारले एकतर्फी रुपमा निर्णय गरेर दुई देश विचको दौत्य सम्बन्ध बिगार्ने प्रयास गरेको आरोप लगाए। सरकारले उठाएको विषय सहि भएपनि तरिका ठिक नभएकोले मलेसियामा रहेका कामदारको पनि रोजगारी गुम्ने खतरा रहेको दावी गरे।

लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका पुर्व अध्यक्ष प्रज्ञान न्यौपानेले गरिब कामदारले मेडिकल लगायत काम गर्न आउन जान २५ देखि ३० हजार खर्च गरिसकेकोले तिनीहरुलाई रोक्नु उचित नभएको तर्क गरे । सरकारले मलेसिया समस्या समाधानको लागि तत्काल निर्णय नगरे नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको रोजगारी नै गुम्ने अवस्था आउने उनले दावी गरे ।

लोकतान्त्रिक फोरमका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकालले मलेसिया रोजगारीको लागि कामदारको खर्च भैइसकेकाले तिनीहरुलाई रोक्नु न्यायोचित नभएको तर्क गरे। सम्पूर्ण प्रक्रिया पुरा गरेका कामदारहरुको पक्षमा तत्काल सरकारले पहल कदमी लिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बिभिन्न म्यानपावर व्यवसायीहरुले आफ्नो बिषय राखेका थिए ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै