२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्षेनी २० हजार भन्दा बढी नेपाली कामदार लैजाने मौरिससको प्रस्ताव, तलब कति ?

२४ असार २०७५, आईतवार ०९:५९

असार २४, काठमाडौँ | अफ्रिकी मुलुक मोरिससले श्रम तथा रोजगार मन्त्रालयसँग नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको छ । 

मोरिससले नेपालबाट औपचारिक रुपमै कामदार लिन सरकारसँग प्रस्ताव गरेको हो । अहिलेपनि नेपाली कामदारहरु व्यक्तिगत प्रयासमा मोरिससमा जाने गरेका छन् ।

मोरिससले नेपालबाट बार्षिक २० हजारभन्दा बढी कामदार लैजाने संकेत गरेको बताइएको छ । उसको प्रस्तावलाई श्रम मन्त्रालयले रोजगारदाता देशको श्रम कानुन, हावापानी र न्यनतम् पारिश्रमिक लगायत बिषयलाई अध्ययन गरि टुंगो लगाउने जनाएको छ ।

यस देशको एभरेज तलब तल चार्टमा देखाइएको छ । तर काम अनुसार तलब हुन्छ । यहाँका ९२.९४ प्रतिशत जनता रोजगारमा छन् । तर २०१७ को आंकडा अनुसार कर कटौती गरे यहाँको एभरेज तलब नेपाली रुपयाँ अनुसार ६५,७५८ छ । मौरिससले नेपाली कामदारले कति न्युनतम तलब पाउने बारेमा भने खुलाएको छैन ।



मोरिसस अफ्रीकी महाद्वीपको तटको दक्षिणपूर्वमा लगभग ९०० किलोमीटर टाढा पर्ने हिन्द महासागर र मेडागास्करको पूर्वमा स्थित एक टापु देश हो । मोरीससको संस्कृति, मिश्रित संस्कृति छ, जसको कारण पहिले यो फ्रांसको अधीनमा थियो भने पछी ब्रिटिशको अधिनमा आएको थियो । मोरीससले १९६८ मा स्वतन्त्रता प्राप्त गर्दै, सन् १९९२ देखि गणतन्त्र पाएको थियो । मोरीससमा स्थिर लोकतन्त्र छ, जसको कारण नियमित रूपमा स्वतंत्र चुनाव हुन्छ र मानवाधिकारीको दृष्टिले यो देशको छवि निकै राम्रो छ । साथै यो देश अफ्रीकाकै सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको देश मध्ये एक हो ।

अर्थव्यवस्था कस्तो छ ? 

बैदेशिक रोजगारीको लागि महत्वपूर्ण कुरा त्यस देशको अर्थ व्यवस्था नै हो । 

सन् १९६८ मा स्वतन्त्र भएको यो देश, एक निम्न आय भएको, कृषि उत्पादनमा आधारित अर्थव्यवस्थाबाट विकसित हुँदै एक विविधतापूर्ण मध्यम आय भएको अर्थव्यवस्थामा परिवर्तित भईसकेको अवस्थामा छ । जसको तीब्र रुपमा बढेको औद्योगिक, वित्तीय र पर्यटन क्षेत्र आर्थिक समृद्धिका आधार हुन् । यसको अधिकांश अवधिको वार्षिक वृद्धिदर, ५ % देखि ६% को बीचमा रहँदै आएको छ । 

यसको अर्थव्यवस्था मुख्यतः पर्यटन, कपडा उद्घ्योग, सेवा क्षेत्रमा निर्भर छ, तर अन्य क्षेत्रहरुमा पनि यो देशले तीब्र विकास गर्दैछ । मोरीसस, लीबिया र सेशल्स मात्र तीन यस्ता अफ्रीकी देश हुन्, जसको दर्जा "मानव विकास सूचकांक” को हिसाबमा ‘उच्च’ छ ।

यहाँ उखु मात्र ९०% कृषि योग्य भूमिमा लगाइन्छ । जसले कुल निर्यात आयको २५% प्राप्त गर्नमा सहयोग गर्छ । यस देशको बेरोजगारी दर पनि निकै न्यून मात्र छ । यहाँ अत्याधिक मात्रामा दुबई र सिंगापुरबाट पर्यटक जाने गरेका छन् ।

भाषा तथा धर्म 

मोरीशसको आधिकारिक भाषा अंग्रेजी नै हो, यसैले सरकारको सबै प्रशासनिक कामकाज अंग्रेजीमै हुन्छ । शिक्षा प्रणालीमा अंग्रेजीको साथै फ्रान्सीसीको पनि प्रयोग हुन्छ । फ्रांसीसी भाषा मीडियाको मुख्य भाषा हो । यहाँ सबैभन्दा व्यापक रूपमा मोरीशियन क्रेयोल भाषा बोलिन्छ । हिन्दी पनि यहाँ कतिपयले बोल्न तथा बुझ्न सक्छन । केहि बर्ष अघिको आँकडालाई आधार मान्ने हो भने यहाँ हिन्दू धर्म (५२%) छन्, ईसाई धर्म मान्नेहरु (२७%) र इस्लाम (१४.४ %) छन् । 

माथिको तश्विरमा: मौरीससमा अवस्थित हिन्दु मन्दिर तथा मुर्ति ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान