साउन ६, काठमाडौं । बैदेशिक रोजगारीको लागि नेपाली कामदार पठाउँदै आएको देवान कन्सलट्यान्ट गत वर्षको तुलनामा उल्लेख्य कामदार बैदेशिक रोजगारीमा पठाउन सफल भएको छ ।
आर्थिक वर्ष २०६६/६७ मा नेपाल बैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर व्यवसाय शुरु गरेको यस म्यानपावरले पछिल्लो समय युएई, बहराइन, कुवेत, कतार र साउदीमा कामदार पठाउंदै आएको छ ।

द रिभर ओभरसिजका संचालक रघु पुरीको लगानी रहेको यस म्यानपावर नेपाली कामदारको रोजाइमा पर्दै आएको विभागको रेकर्डले देखाएको छ । बैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको रेकर्ड अनुसार देवानले १३ सय ८२ जना नेपाली कामदार विदेश पठाएको छ । जस अनुरुप युएइमा ६ सय ७३ पुरुष र २ सय २० महिला, साउदीमा २ सय पुरुष, कतारमा ३६ पुरुष र २ महिला, बहराइनमा ८ पुरुष कामदार पठाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जम्मा ७ सय ९४ जनालाई विदेश पठाएको यस कम्पनीले गत वर्ष गन्तव्य मुलुकका उत्कृष्ट रोजगारदातासंग सहकार्य गरेकोले थप कामदार पठाउन सफल भएको देवान का सिइओ अनिलकुमार कर्ण बताउँछन् । विभिन्न देशका ब्रान्डेड कम्पनीहरुको डिमाण्ड ल्याउन सफल भएका कारण नेपालमा म्यानपावरहरुको भीडमा स्थापित बनेको उनको दावी छ ।
कामदारको सीप परिक्षणको लागि सुविधा सम्पन्न ट्रेनिङ सेन्टरका कारण कामदारले स्वदेशमा नै सिप परिक्षण गरि देवानले कामदार विदेश पठाउँदै आएको म्यानपावरको दावी छ । दक्ष कामदार, उत्कृष्ट सेवा प्रवाह, सुविधा सम्पन्न आफ्नै भवनबाट देवानले सेवा प्रवाह गर्दै आएको छ । म्यानपावरले अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्प्रधी जनशक्तिलाई रोजगारीमा पठाउन सकिएकोले पनि अपेक्षित उपलब्धि हँसिल गर्न सहयोग पुगेको सिइओ अनिलकुमार कर्ण दावी गर्दछन् । आगामी वर्ष थप श्रम गन्तव्य मुलुकका रोजगारदातासंग सहकार्य गरि अगाडी बढ्ने सोच रहेको उनले बताए ।
