२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूलो रकमको नगद र चेकसहित पाँचजना हुण्डी कारोवार गर्नेहरु पक्राउ

७ श्रावण २०७५, सोमबार १२:१९

साउन ७, काठमाडौं । महानगरीय अपराध महाशाखाले ठूलो रकमसहित पाँचजना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । 

गैरकानुनी हुण्डी कारोवार गरेको सूचनाका आधारमा महाशाखाले काठमाठौंको न्यूरोड र कुलेश्वरका विभिन्न स्थानबाट सोमबार उनीहरूलार्इ पक्राउ गरेको  हो । 

पक्राउ पर्नेमा भारतको दिल्ली घर भइ काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने फलफूल व्यापारी ४५ वर्षे विजय गुप्ता, ललितपुरको महालक्ष्मी नगरपालिका-९ का २३ वर्षे दीपक श्रेष्ठ (सहकारीका कर्मचारी), चितवन खैरेनी नगरपालिका-१० शान्तिवजार घर भइ काठमाडौं महानगरपालिकाको बाफलमा बस्ने २९ वर्षे संजित पाण्डे रहेका छन् ।


यस्तै भारत घर भइ काठमाडौंको चाहाचल बस्ने २९ वर्षे व्यापारी अंकित अग्रवाल र काठमाडौंको पुतली सडक बस्ने धनकुटाको महालक्ष्मी नगरपालिका-३ का पुजन छाला जिमीलार्इ अपराध महाशालाले पक्राउ गरेको छ ।

उनीहरू पाँचजनाको साथबाट प्रहरीले ५३ लाख १९ हजार ६७५ रूपैयाँ नगद र २३ लाख १३ हजार चेक रकम बरामद गरेको छ ।

पक्राउ परेका सबैलार्इ प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने अपराध महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान