२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र युएई बीच विगतमा भएक श्रम समझदारी परिमार्जन गर्न मन्त्री विष्टको जोड

२०७५, ८ श्रावण मंगलवार १४:०१

साउन ८,काठमाडौं। श्रममन्त्री गोकर्ण विष्टले युएई जान चाहने नेपाली श्रमिकको छनौट प्रणालीलाई पारदर्शी बनाई अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्नको लागि युएईका राजदुतसंग आग्रह गरेका छन् ।

श्रम मन्त्री विष्ट र नेपालका लागि युएईका राजदुत सइद हमदाम अल-नक्बी  विच भएको भेटमा उनले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकले स्वास्थ्य परिक्षण गर्दा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

उनले श्रमिक सम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य संचालन हुनुपर्नेमा जोड दिए।   

भेटका अवसरमा राजदुत सइद हमदाम अल-नक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्य पूर्वको आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएकोले नेपालबाट इन्जिनियर, नर्स, मेडिकल डाक्टर जस्ता दक्ष जनशक्ति लैजान सकिने बताएका छन्। दक्ष जनशक्त्तिको माग बढ्दै गएकोले त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिक सहितको अवसर रहेको उनले बताए।

नेपाल र युएई बीच विगतमा भएको श्रम सम्बन्धी समझदारी (एमओयु)पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्न श्रम मन्त्री विष्टले जोड दिए । एमओयुका लागि दुवै पक्षबाट आवश्यक तयारी गरि र निकट भविष्यमा नै उक्त समझदारी पत्रको परिमार्जन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै