२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारको भिषा सरकारबाटै ! मन्त्रीपरिषदको निर्णय बाँकी

२०७५, १२ श्रावण शनिबार १६:१७

साउन १२, काठमाडौँ | नेपालबाट बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको भिसा प्रक्रिया मलेसियाले सरकारी तवरबाटै गर्ने सम्भावना देखिएको छ । मलेसियाले नेपालको प्रस्ताव अनुरुप (जीटुजी)बाटै भिषा दिने प्रस्तावबारे मलेसियाको मन्त्रिपरिषदमा समेत छलफल भएको छ । अब मलेसियाको मन्त्रिपरिषदको निर्णयले यसलाई सदर गरेमा नेपाली कामदारको भिषा सरकारी तवरबाट लाग्नेछ ।

यस अघि नेपाल सरकारले मलेसिया कामदार पठाउन बन्द गरेपछि त्यहाँ रोजगारदाताहरुले धर्ना तथा बिभिन्न ताकेताको काम गर्दै आएका छन् । यस अघि विभिन्न बिचौलिया संयन्त्रहरु खडा गरेर भिसा प्रक्रियाबाट नेपाली कामदारसँग चर्को रकम अशुली भएको भन्दै सरकारले मलेसिया कामदार पठाउन बन्द गरेको थियो । 


मलेसियन सरकारी सञ्चारमाध्यम बेर्नामाले नेपाली कामदार रोकिएपछि उत्पन्न समस्या समाधानका लागि मलेसियाली मानव संशाधनमन्त्रीले नै नेपाल भ्रमण गर्न सक्ने बताएको छ । नेपालबाट मलेसियामा कामदार पठाउन बन्द भएपछि मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरननै नेपाल आउन खोजेको र नेपालसँग सँग आग्रह गर्दै कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन प्रयास गर्ने भएका छन् । 

मानव संशाधनमन्त्री कुलासेगरनले मलेसिया स्थित एक कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै यसबारे मन्त्रिपरिषदमा समेत छलफल भएको बताएका छन् । उनले २ हप्तादेखि यस बिषयमा कुरा भएको र पछिल्लो मंगलबारको मन्त्रीपरिषदको बैठकमा समेत नेपालबाट कामदार ल्याउने बिषयमा छलफल भएको बताए । 


उनले नेपाली कामदार मलेसिया ल्याउन सहज वातावरण बनाउन आगामी साता कागजातहरु बनाएर काम गर्ने बताए । मन्त्री कुलासेगरन नेपालले कामदार पठाउन सजिलो बनाउने र यस अघि मलेसिया पठाउन बन्द गरेको आफ्नो निर्णय पुनर्विचार गर्ने उनले विश्वास लिएको बताएका छन् । उनले मलेसियामा बिभिन्न कम्पनी खडा गरि बिदेशी कामदारलाई बिभिन्न नाममा गरिने ठगिलाई नियन्त्रण गरिने बताएका छन् । नेपालले मलेसियामा कामदार नपठाउदा त्यसको असर नकारात्मक रुपमा परेको भन्दै मन्त्री कुलासेगरनले त्यसको समाधानमा प्रक्रिया सुरु गरेको समेत बताए । 

मन्त्री कुलासेगरनले बताए अनुसार कामदारको बिषयमा कार्यपत्र समेत अर्को साता निर्णयको लागि मन्त्रीपरिषदमा टेबुल हुने बताएका छन् । उनले आफू नेपाल गएर हुन्छ वा नेपाली मन्त्री मलेसिया आएर हुन्छ, समस्याको समाधान सकेसम्म छिटो समाधान गर्ने बताएका छन् । 

उनले स्पष्ट भनेका छन् – 'नेपाली कामदारले मलेसिया आउँदा भिषा चार्ज बापत २० डलर (८० रिंगेट) तिरे पुग्छ तर अघिल्लो सरकारको निर्णय अनुसार हजार रिंगेट तिर्नुपरेको छ  ।' उनले एजेन्टहरु मार्फत कामदार ल्याउँदा कामदारलाई आर्थिक भार थपिएको भन्दै सरकारी तवरबाट ल्याउन सकिने भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै