२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारको भिषा सरकारबाटै ! मन्त्रीपरिषदको निर्णय बाँकी

१२ श्रावण २०७५, शनिबार १६:१७

साउन १२, काठमाडौँ | नेपालबाट बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको भिसा प्रक्रिया मलेसियाले सरकारी तवरबाटै गर्ने सम्भावना देखिएको छ । मलेसियाले नेपालको प्रस्ताव अनुरुप (जीटुजी)बाटै भिषा दिने प्रस्तावबारे मलेसियाको मन्त्रिपरिषदमा समेत छलफल भएको छ । अब मलेसियाको मन्त्रिपरिषदको निर्णयले यसलाई सदर गरेमा नेपाली कामदारको भिषा सरकारी तवरबाट लाग्नेछ ।

यस अघि नेपाल सरकारले मलेसिया कामदार पठाउन बन्द गरेपछि त्यहाँ रोजगारदाताहरुले धर्ना तथा बिभिन्न ताकेताको काम गर्दै आएका छन् । यस अघि विभिन्न बिचौलिया संयन्त्रहरु खडा गरेर भिसा प्रक्रियाबाट नेपाली कामदारसँग चर्को रकम अशुली भएको भन्दै सरकारले मलेसिया कामदार पठाउन बन्द गरेको थियो । 


मलेसियन सरकारी सञ्चारमाध्यम बेर्नामाले नेपाली कामदार रोकिएपछि उत्पन्न समस्या समाधानका लागि मलेसियाली मानव संशाधनमन्त्रीले नै नेपाल भ्रमण गर्न सक्ने बताएको छ । नेपालबाट मलेसियामा कामदार पठाउन बन्द भएपछि मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरननै नेपाल आउन खोजेको र नेपालसँग सँग आग्रह गर्दै कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन प्रयास गर्ने भएका छन् । 

मानव संशाधनमन्त्री कुलासेगरनले मलेसिया स्थित एक कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै यसबारे मन्त्रिपरिषदमा समेत छलफल भएको बताएका छन् । उनले २ हप्तादेखि यस बिषयमा कुरा भएको र पछिल्लो मंगलबारको मन्त्रीपरिषदको बैठकमा समेत नेपालबाट कामदार ल्याउने बिषयमा छलफल भएको बताए । 


उनले नेपाली कामदार मलेसिया ल्याउन सहज वातावरण बनाउन आगामी साता कागजातहरु बनाएर काम गर्ने बताए । मन्त्री कुलासेगरन नेपालले कामदार पठाउन सजिलो बनाउने र यस अघि मलेसिया पठाउन बन्द गरेको आफ्नो निर्णय पुनर्विचार गर्ने उनले विश्वास लिएको बताएका छन् । उनले मलेसियामा बिभिन्न कम्पनी खडा गरि बिदेशी कामदारलाई बिभिन्न नाममा गरिने ठगिलाई नियन्त्रण गरिने बताएका छन् । नेपालले मलेसियामा कामदार नपठाउदा त्यसको असर नकारात्मक रुपमा परेको भन्दै मन्त्री कुलासेगरनले त्यसको समाधानमा प्रक्रिया सुरु गरेको समेत बताए । 

मन्त्री कुलासेगरनले बताए अनुसार कामदारको बिषयमा कार्यपत्र समेत अर्को साता निर्णयको लागि मन्त्रीपरिषदमा टेबुल हुने बताएका छन् । उनले आफू नेपाल गएर हुन्छ वा नेपाली मन्त्री मलेसिया आएर हुन्छ, समस्याको समाधान सकेसम्म छिटो समाधान गर्ने बताएका छन् । 

उनले स्पष्ट भनेका छन् – 'नेपाली कामदारले मलेसिया आउँदा भिषा चार्ज बापत २० डलर (८० रिंगेट) तिरे पुग्छ तर अघिल्लो सरकारको निर्णय अनुसार हजार रिंगेट तिर्नुपरेको छ  ।' उनले एजेन्टहरु मार्फत कामदार ल्याउँदा कामदारलाई आर्थिक भार थपिएको भन्दै सरकारी तवरबाट ल्याउन सकिने भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान