<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल स्किल इन्टरनेशनल ह्युमन रिसोर्स म्यानपावरमा छापा, समाचार रोक्न प्रस्ताव

१४ श्रावण २०७५, सोमबार १४:२७

साउन १४, काठमाडौं । बैदेशिक रोजगार विभागले बसुन्धारा स्थित अल स्किल इन्टर्नेशनल ह्युमन रिसोर्स कम्पनीमा छापा मारेको  छ । कुवेतको अल मलाफा जनरल ट्रेडिङ एण्ड कन्ट्रकटिङ कम्पनीमा जनरल लाइट लेवर कामको लागि प्रति व्यक्ति १ लाख ६० हजार सम्म लिइरहेको उजुरीका आधारमा आज साँझ छापा मारेको हो । म्यानपावरमा छापा मारी विभागले म्यानपावर कम्पनीका फाइलहरु नियन्त्रणमा लिएको छ । 


विभागले म्यानपावरबाट इजाजतपत्र लगाएतका कागजात सहितको फाइल एक थान, लट नम्बर २०९१६३, ०२६१११, २११०३६, २०५३१९, २०९९५८, २०३७७७ सम्बन्धि पुर्व/अन्तिम स्वीकृति सम्बन्धि फाइल ६ थान नियन्त्रणमा लिएको छ । उक्त कम्पनीका संचालक नभएपछि नियन्त्रणमा लिइएको कागजातमा म्यानपावर कम्पनीका कार्यकारी निर्देशक भुवन कुमार हमाल र म्यानपावरका व्यवस्थापक कमल घिमिरेले लिखितम् हस्ताक्षर गरेका छन् । उक्त कम्पनीका संचालकलाई मंगलबार कार्यालय समयमा विभागमा उपस्थित हुन निर्देशन दिएको विभागका निर्देशक एवं प्रवक्ता उद्धव रिजालले साझा सबाललाई जानकारी दिए । विभागले मंगलबारबाट सो म्यानपावरको कारोबार रोक्का राखि विगोको डेढ गुणा धरौटी माग गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता रिजालले बताए । 


कामदारको रकम फिर्ता भएन 

विभागको छापा पछि कामदारबाट लिएको चर्को शुल्क फिर्ता गर्ने प्रतिवद्दता जनाएपनि कुनै पनि आज कामदारको रकम फिर्ता नगरिएको श्रोतले बतायो । विभागको छापा पछि सबै कामदारलाई उजुरी गरेको भन्दै म्यानपावरले थर्काएको पीडितले साझा सवाललाई जानकारी दिए । छापामा आएको बिभागको टोलीले भने सबै कामदारले तोकेभन्दा बढी बुझाएको पैसा फिर्ता हुने जानकारी दिएको थियो । 


समाचार रोक्न प्रस्ताव 

यसै विच उक्त म्यानपावरले चर्को रकम अशुली गरिरहेको बारे विभागको टोलीसँग स्थलगत रिपोर्टिंगमा रहेको साझा सबाल डटकमलाई समाचार रोक्न आग्रह गरेको छ । म्यानपावरका एक व्यक्तिले गरेको उक्त प्रस्तावलाई सझासबालले सरकारले गैरकानुनी मानेको बिषयलाई लुकाउन वा यस्ता गतिविधि भएको अवस्थामा कुनै सम्झौता हुन नसक्ने बरु यस्ता गतिविधिका थप प्रमाण खोजीमा लाग्ने जानकारी दिएको छ ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान