२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर कम्पनीको धरौटी ६ करोड ! भोलि नै छलफल

२०७५, १४ श्रावण सोमबार १७:२२

साउन १४, काठमाडौँ | श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोडभन्दा बढीको  धरौटी पुर्‍याउने प्रस्ताव अगाडी सारेको छ । लामो समयदेखि म्यानपावरलाई टाउको दुखाई बनेको धरौटी वृद्धिको विषय म्यानपावरले सोचे भन्दा बढीको हो । व्यवसायीमा ५ करोडसम्म बढ्ने हल्ला चल्दै गर्दा सरकारले ६ करोडको प्रस्ताव अगाडी सारेपछी म्यानपावरहरु झनै झस्कने भएका छन् ।  

सरकारले म्यानपावर कम्पनीको धरौटी ६ करोड रुपैयाँ पुर्‍याउने तथा मर्ज हुन विकल्प सहित ३ महिनासम्मको समय दिने छ । वैदेशिक रोजगार ऐन, २०६४ संशोधन सहित अब उक्त मस्यौदा पास भएमा म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ । मस्यौदा अनुसार तीन महिनाभित्रमा म्यानपावरहरु मर्ज हुनसक्नेछन् र नभए तीन महिनाभित्र ६ करोड धरौटी बुझाउनु पर्नेछ । यस सम्बन्धि वैदेशिक रोजगार ऐन परिमार्जन गर्न विधेयक मन्त्रिपरिषदको विधेयक समितिमा पुगिसकेको छ ।

धरौटी रकम मस्यौदाको रुपमा गएकाले यस बिषयमा निर्णयले घटबढ हुनसक्ने स्रोतले बताएको छ । यसबारे मन्त्रिपरिषदको विधेयक समितिमा  श्रम मन्त्रालयका सचिवसँग भोलि नै छलफल  हुँदैछ ।

अहिलेसम्म म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी राख्दै आएका थिए । धरौटी कम हुँदा म्यानपावरहरु धमाधम खुलेपछि ठगि बढेको बताइएको छ । मर्ज भएपछि म्यानपावर आफ्नो आकारमा आउने र यसमा हुने बेथिति पनि हट्ने मन्त्रालयको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै