साउन १५, काठमाडौँ | गत साता साझा सबाल मिडियाद्वारा संचालित यस अनलाइनले 'टर्कीमा झन्डै १००० नेपालीद्वारा हुलदंगा ! नेपालदेखि टर्कीसम्म दु:ख दिएको भन्दै आक्रोश' शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा टर्कीको IGA (Istanbul Grand Airport) मा काम गर्ने केहि नेपाली कामदारले यस मिडियालाई दिएको रिपोर्ट र केहि नेपालीहरुले हुलदंगा गर्दै गरेको भिडियो प्राप्त गरेको थियो । त्यसै भिडियो र त्यहाँबाट प्राप्त केहि व्यक्तिको रिपोर्टको आधारमा साझा सबाल डटकमले समाचार अपडेट गरेको थियो ।
उक्त समाचार नेपालबाट सोहि कम्पनीमा लामो समयदेखि सुपरभाइजर पदमा कार्यरत प्रकास परियारले नेपालीहरुको पासपोर्ट होल्ड गरेर आफुखुसि नेपाल पैसा पठाउन नदिएको र नेपालबाट सम्बन्धित कम्पनीमा जाँदासम्म बिभिन्न तरिकाले पैसा अशुलेको बिषयमा केन्द्रित थियो । जसमा त्यहाँ कार्यरत एक नेपालीले उनलाई हुण्डी कारोबार गरेको भन्दै आरोप समेत लगाएका थिए ।
यसै सन्दर्भमा टर्कीबाट प्रकाश परियारले आफूमाथि लागेको आरोप गलत भएको भन्दै समाचारमा आफ्नो खण्डन सहितको पत्र पठाएका छन् । उनले आफ्नो खण्डन पत्रमा लेखेका छन् 'यताबाट मेरो बारेमा दिईएको भ्रमपूर्ण कुराहरु मिडियामा आएपछी मलाई आफुले नखाएको बिष पनि लाग्दोरहेछ भन्ने भान भएकोले मैले साझा सबाल मिडियामार्फत आफ्नो बारेमा वास्तविकता र अरुले छरेको भ्रमलाई स्पष्ट पार्न चाहेर यो पत्र लेखेको हुँ । मलाई थाहा छैन यो मेरो कुरा अनलाइन मिडियामा आउला नआउला ? मेरो बारेमा भ्रमपूर्ण समाचार आएपछी त्यसको खण्डन गर्न मैले पाउनुपर्ने ठानेर यो लेखेर पठाएको हुँ' भन्दै आफ्नो कुरा पत्रमा उल्लेख गरेका छन् । आफ्नो खण्डनसँगै उनले त्यसलाई पुष्टि गर्न लागि यस मिडियाको समाचारमा रिपोर्ट दिनेले आफ्नो चरित्र हत्या गर्न त्यसो गरेको हुनसक्ने भन्दै आफूलाई लागेको आरोपको बिषयमा त्यहाँ कार्यरत नेपालीहरुलाई सोधेर भिडियो समेत पठाएका छन् । भिडियो र उनले हामीलाई पठाएको खण्डन प्राप्त भएपछी त्यसलाई पाठकमाझ पुर्याउन उपयुक्त ठानी यस मिडियाको समेत केहि प्रतिक्रिया सहित तल प्रस्तुत गरिएको छ ।
म प्रकाश परियार, मेरो घर सप्तरी जिल्लाको फत्तेपुर । म अहिले बैदेशिक रोजगारीको शिलशिलामा Turkey को Istanbul भन्ने सहरमा IGA (Istanbul Grand Airport) मा सुपरभाइजरको रुपमा कार्यरत छु । मेरो श्रीमती र एक छोरी छन् । बुबा/आमा गाउँमै छन् भने भाई बुहारीको परियार दुबईमा कार्यरत छन् । मैले आफ्नो परिचयमा यो सबै कुरा किन भन्न गईरहेको छु भने, गत हप्ता अनलाइन मिडिया, सामाजिक संजाल साथै युटुवमा मेरो बारेमा अनेक थरिका लालछना लगाई भिडियो प्रशारण गरिएको रहेछ । सुन्दा र हेर्दा अचम्म लाग्यो, मैले जीवनमा नगरेको नसोचेको कुराहरु त्यसमा भनिएको र कसैले षड्यन्त्रमा मिडियामा मेरो बारेमा बनावटी रुपमा नराम्रो कुरा दिईएर मलाई अरुको नजरमा गिराउने काम यतै टर्कीमा रहेका २/३ जना मिलेर गरेका रहेछन । यताबाट मेरो बारेमा दिईएको भ्रमपूर्ण कुराहरु मिडियामा आएपछी मलाई आफुले नखाएको बिष पनि लाग्दोरहेछ भन्ने भान भए पछि मैले साझा सबाल मिडियामार्फत आफ्नो बारेमा वास्तविकता र अरुले छरेको भ्रमलाई स्पष्ट पार्न चाहेर यो लेखेको हुँ । मलाई थाहा छैन यो मेरो कुरा अनलाइन मिडियामा आउला नआउला ? मेरो बारेमा भ्रमपूर्ण समाचार आएपछी त्यसको खण्डन गर्न मैले पाउनुपर्ने ठानेर यो लेखेर पठाएको हुँ ।
मेरो बारेमा जे कुरा समाचारमा आए त्यसमा म सहमत छैन । म कुनै दलाल होइन र टर्कीमा नेपालीहरुको 'डन' भनेर समाचारमा आएझैं म त्यस्तो पनि होइन । म साधारण एउटा कामदारको रुपमा यहाँ आएको हुँ र कम्पनीले जिम्मेवारी दिएपछी म सुपरभाइजर भएको हुँ । सुपरभाइजर भएको नाताले नेपाली कामदारहरुलाई आफ्नो नेतृत्वमा काममा लगाउनु मेरो काम हो । तर पनि म नेपाली भएकोले यहाँ रहेका नेपाली कामदारको सुबिधाको लागि मैले सक्दो कोशिस गरेकै छु । यहाँ आएका नेपालीहरुले तोकेको तलबदेखि सबै सेवा-सुविधा पाएकै छन् । यस बिषयमा यहाँ रहेका कामदारहरुलाई सोधे थाहा भईनै हाल्छ । तपाइँहरुले पत्याउनु हुन्न भन्ने ठानेर आफुलाई सहि सावित गर्न मैले कामदारहरुलाई नै अगाडी राखेर भिडियो खिचेको पनि छु, त्यसलाई हेरेर मेरो वास्तविकता सबैमाझ पुगोस् भन्ने आशा राखेको छु । समाचारमा आरोप लगाइएझैँ मसँग करोडौंको सम्पति पनि छैन म आफू ११ बर्ष विदेश बसें, मेरो बाबा १५ बर्ष विदेश बस्नु भयो, भाई/बुहारी दुबईमै कार्यरत छन् ।
समाचारमा रिपोर्ट दिनेले मलाई दलाल र हुण्डी कारोबारी भनेर आरोप लगाएका रहेछन । मैले यस्तै गरेर करोडौंको सम्पति जोडेको पनि आरोप लगाइएको छ, त्यसैले मेरो बैदेशिक रोजगारीको यात्राको सुरुवातदेखिकै संघर्षको बिषयमा बताउन चाहन्छु ।
म पहिलो पटक २००५ मा बैदेशिक रोजगारीको लागि कतार गएँको थिएँ । मेरो बुबा त्यतिबेला कतारमै काम गर्नु हुन्थ्यो । मैले २००७ जुलाईमा सम्म कतारमा काम गरें । त्यसै क्रममा सन् २००७ को सेप्टेम्बर २४ मा मलाई कतारमा बन्दै गरेको नयाँ Airport मा काम गर्ने मौका मिल्यो । त्यहाँ जोडिने क्रममा मैले सुपरभाइजर पदमा काम पाएँर त्यसै अनुसार काम गर्न थालें । त्यस क्रममा मलाई आफ्नो कार्य क्षेमता देखाउने मौका मिल्यो । त्यस क्रममा कम्पनीसँग कुरा गरेर कतार सरकारको नियम अनुसार Main Contractor Company मा मेरो Sponser परिवर्तन गराइयो । र त्यो गराए बापत लाग्ने शुल्क पनि सबै Airport बनाउने मुख्य कम्पनीको बोसले दिनुभयो । त्यसै दिन देखि आजको दिनसम्म म् त्यहि बोस (मालिक) सँग उहाँको मातहतमा काम गर्दै अहिले टर्कीको Airport बनाउने जिम्मा स्वरूप यहाँ आएको छु । मैले जोडेको सम्पतिमा मेरो ११ बर्ष देखिको अथक मेहिनत जोडिएको छ । कम्पनीका मालिक मेरो सप्तरीस्थित घरमा समेत जानुहुन्छ । हामी पारिवारिक जस्तै छौं । त्यसै कारण पनि कम्पनीको सबै कामको जिम्मेवारी मेरो काँधमा छ ।
पहिले म जुन कम्पनीमा कार्यरत थिएँ, त्यहाँ मेरो तलब १८५० रियाल थियो तर जब म Airport मा काम गर्न थालें मेरो तलब १२०० अमेरिकी डलर, त्यसमा पनि थप ओभरटाइम, खान/बस्नको लागि छुट्टै सुविधा समेत दिईयो । आफ्नो सेवा/सुविधा अनुसार मैले आफुलाई थप संघर्षमा रुपान्तरित गर्दै काम गरें । जसको फल झन् मेरो काँधमा जिम्मेवारी बढ्यो । टर्किस कम्पनी भएकाले भाषामा समस्या थियो जसलाई पनि मैले दैनिक टर्किस र अंग्रेजी रुपान्तरित किताब दैनिक पढेर टर्किस भाषा समेतमा अब्बल बनाएँ । मलाई कम्पनी झनै सहज भयो । टर्किस भाषा समेत बुझ्ने भएकाले नेपाली कामदारहरुलाई कुनै समस्या पर्दा मलाईनै बोलाउने गरिन्थ्यो । त्यसैले म कम्पनीको लागि अझै सहज थिएँ । कतारको Airport मा ८ बर्ष काम गरेपछि अर्को प्रोजेक्ट युएईको आबुधावीमा थियो । त्यहाँबाट काम सकेपछी कतारबाट सिधा UAE पठाउने कुरा भयो । तर मैले त्यहाँबाट सिधै UAE जान अस्विकार गरें । आफ्नो डकुमेन्टहरु छाडेर म नेपाल फर्किएँ । केहि महिनापछी कम्पनीको बोसले मलाई फोन गर्नुभयो र म् सहित ३० जना पहिला काम गरेका साथीहरु नेपाल सरकारको बैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर युएईको आबुधावीमा बन्न लागेको नयाँ Airport मा गएर काम गर्न थाल्यौं । त्यहाँ मैले ४ बर्ष काम गरें । त्यहाँ काम गर्दागर्दै मलाई त्यहाँसम्म लिएर जाने मेरो बोस टर्कीको Istanbull मा बन्न लागेको (IGA) (Istanbul Grand Airport) मा जानु भयो । उहाँ गए लगत्तै उहाँले मलाई कल गरेर भन्नु भयो 'अब यहाँ पाकिस्तानी कामदारहरु छन्, तिमी फेरी यहाँ आउनु पर्छ ।' तर मैले उहाँलाई जवाफ दिएँ – ' तर सर, म अरु देशको कामदार भएको ठाउँमा आएर काम गर्न इच्छुक छैन । बरु सकिन्छ भने नेपाली कामदार ५० जना सम्म हुन्छन भने म् आउंछु ।' मेरो प्रतिक्रियापछी उहाँले नेपाली कामदार लिन केहि समय लाग्ने बताउनुभयो । पछि उहाँले कल गरेर नेपालबाट ३५० जना कामदार लिने बताउनुभयो । जुन काम एजेन्सीले गर्यो । त्यसपछि नेपाली कामदार टर्की लैजानको लागि म सहित अरु सुपरभाइजरहरु अन्तर्वार्ता लिन नेपाल पुग्यौं र नेपालबाट कामदार टर्की ल्याउने काम गर्यौं । पछी नेपाली कामदारहरु अरु देशका भन्दा इमान्दार भएकाले थप कामदार ल्याउने कुरा भयो र फेरी हामी बोसहरु सहित म पनि नेपाल अन्तर्वार्ता लिन पुगें । त्यहाँ सबै व्यवस्था म्यानपावरले मिलाएको थियो । त्यसरी हामी त्यहाँ पुगेर अन्तर्वार्ता लिएर फर्क्यौं ।
अहिले नेपालबाट कामदारहरु आएर यहाँ कार्यरत हुनुहुन्छ । पहिले पनि यहाँ धेरै कुराहरु नमिलेकाले र नबुझेकाले कति समस्या आएकै हो म प्रकाश परियार, मेरो घर सप्तरी जिल्लाको फत्तेपुर । म अहिले बैदेशिक रोजगारीको शिलशिलामा Turkey को Istanbul भन्ने सहरमा IGA (Istanbul Grand Airport) मा सुपरभाइजरको रुपमा कार्यरत छु । मेरो श्रीमती र एक छोरी छन् । बुबा/आमा गाउँमै छन् भने भाई बुहारीको परियार दुबईमा कार्यरत छन् । मैले आफ्नो परिचयमा यो सबै कुरा किन भन्न गईरहेको छु भने, गत हप्ता अनलाइन मिडिया, सामाजिक संजाल साथै युटुवमा मेरो बारेमा अनेक थरिका लालछना लगाई भिडियो प्रशारण गरिएको रहेछ । सुन्दा र हेर्दा अचम्म लाग्यो, मैले जीवनमा नगरेको नसोचेको कुराहरु त्यसमा भनिएको र कसैले षड्यन्त्रमा मिडियामा मेरो बारेमा बनावटी रुपमा नराम्रो कुरा दिईएर मलाई अरुको नजरमा गिराउने काम यतै टर्कीमा रहेका २/३ जना मिलेर गरेका रहेछन । यताबाट मेरो बारेमा दिईएको भ्रमपूर्ण कुराहरु मिडियामा आएपछी मलाई आफुले नखाएको बिष पनि लाग्दोरहेछ भन्ने भान भए पछि मैले साझा सबाल मिडियामार्फत आफ्नो बारेमा वास्तविकता र अरुले छरेको भ्रमलाई स्पष्ट पार्न चाहेर यो लेखेको हुँ । मलाई थाहा छैन यो मेरो कुरा अनलाइन मिडियामा आउला नआउला ? मेरो बारेमा भ्रमपूर्ण समाचार आएपछी त्यसको खण्डन गर्न मैले पाउनुपर्ने ठानेर यो लेखेर पठाएको हुँ ।
मेरो बारेमा जे कुरा समाचारमा आए त्यसमा म सहमत छैन । म कुनै दलाल हैन र टर्कीमा नेपालीहरुको 'डन' भनेर समाचारमा आएझैं म् त्यस्तो पनि हैन । म् साधारण एउटा कामदारको रुपमा यहाँ आएको हुँ र कम्पनीले जिम्मेवारी दिएपछी म सुपरभाइजर हुँ । सुपरभाइजर भएको नाताले नेपाली कामदारहरुलाई आफ्नो नेतृत्वमा काममा लगाउनु मेरो काम हो । तर पनि म नेपाली भएकोले यहाँ रहेका नेपाली कामदारको सुबिधाको लागि मैले सक्दो कोशिस गरेकै छु । यहाँ आएका नेपालीहरुले तोकेको तलबदेखि सबै सेवा-सुविधा पाएकै छन् । यस बिषयमा यहाँ रहेका कामदारहरुलाई सोधे थाहा भईनै हाल्छ ।
रिपोर्ट दिनेले मलाई दलाल र हुण्डी कारोबारी भनेर आरोप लगाएका रहेछन । मैले यस्तै गरेर करोडौंको सम्पति जोडेको पनि आरोप लगाइएको छ, त्यसैले मेरो बैदेशिक रोजगारीको यात्राको सुरुवातदेखिकै संघर्षको बिषयमा बताउन चाहन्छु ।
म पहिलो पटक २००५ मा बैदेशिक रोजगारीको लागि कतार गएँको थिएँ । मेरो बुबा त्यतिबेला कतारमै काम गर्नु हुन्थ्यो । मैले २००७ जुलाईमा सम्म कतारमा काम गरें । त्यसै क्रममा सन् २००७ को सेप्टेम्बर २४ मा मलाई कतारमा बन्दै गरेको नयाँ Airport मा काम गर्ने मौका मिल्यो । त्यहाँ जोडिने क्रममा मैले सुपरभाइजर पदमा काम पाएँर त्यसै अनुसार काम गर्न थालें । त्यस क्रममा मलाई आफ्नो कार्य क्षेमता देखाउने मौका मिल्यो । त्यस क्रममा कम्पनीसँग कुरा गरेर कतार सरकारको नियम अनुसार Main Contractor Company मा मेरो Sponser परिवर्तन गराइयो । र त्यो गराए बापत लाग्ने शुल्क पनि सबै Airport बनाउने मुख्य कम्पनीको बोसले दिनुभयो । त्यसै दिन देखि आजको दिनसम्म म् त्यहि बोस (मालिक) सँग उहाँको मातहतमा काम गर्दै अहिले टर्कीको Airport बनाउने जिम्मा स्वरूप यहाँ आएको छु । मैले जोडेको सम्पतिमा मेरो ११ बर्ष देखिको अथक मेहिनत जोडिएको छ । कम्पनीका मालिक मेरो सप्तरीस्थित घरमा समेत जानुहुन्छ । हामी पारिवारिक जस्तै छौं । त्यसै कारण पनि कम्पनीको सबै कामको जिम्मेवारी मेरो काँधमा छ । पहिले म् जुन कम्पनीमा कार्यरत थिएँ, त्यहाँ मेरो तलब १८५० रियाल थियो तर जब म Airport मा काम गर्न थालें मेरो तलब १२०० अमेरिकी डलर, त्यसमा पनि थप ओभरटाइम, खान/बस्नको लागि छुट्टै सुविधा समेत दिईयो । आफ्नो सेवा/सुविधा अनुसार मैले आफुलाई थप संघर्षमा रुपान्तरित गर्दै काम गरें । जसको फल झन् मेरो काँधमा जिम्मेवारी बढ्यो । टर्किस कम्पनी भएकाले भाषामा समस्या थियो जसलाई पनि मैले दैनिक टर्किस र अंग्रेजी रुपान्तरित किताब दैनिक पढेर टर्किस भाषा समेतमा अब्बल बनाएँ । मलाई कम्पनी झनै सहज भयो । टर्किस भाषा समेत बुझ्ने भएकाले नेपाली कामदारहरुलाई कुनै समस्या पर्दा मलाईनै बोलाउने गरिन्थ्यो । त्यसैले म कम्पनीको लागि अझै सहज थिएँ ।
कतारको Airport मा ८ बर्ष काम गरेपछि अर्को प्रोजेक्ट युएईको आबुधावीमा थियो । त्यहाँबाट काम सकेपछी कतारबाट सिधा UAE पठाउने कुरा भयो । तर मैले त्यहाँबाट सिधै UAE जान अस्विकार गरें । आफ्नो डकुमेन्टहरु छाडेर म नेपाल फर्किएँ । केहि महिनापछी कम्पनीको बोसले मलाई फोन गर्नुभयो र म् सहित ३० जना पहिला काम गरेका साथीहरु नेपाल सरकारको बैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर युएईको आबुधावीमा बन्न लागेको नयाँ Airport मा गएर काम गर्न थाल्यौं । त्यहाँ मैले ४ बर्ष काम गरें । त्यहाँ काम गर्दागर्दै मलाई त्यहाँसम्म लिएर जाने मेरो बोस टर्कीको Istanbull मा बन्न लागेको (IGA) (Istanbul Grand Airport) मा जानु भयो । उहाँ गए लगत्तै उहाँले मलाई कल गरेर भन्नु भयो 'अब यहाँ पाकिस्तानी कामदारहरु छन्, तिमी फेरी यहाँ आउनु पर्छ ।' तर मैले उहाँलाई जवाफ दिएँ – ' तर सर, म अरु देशको कामदार भएको ठाउँमा आएर काम गर्न इच्छुक छैन । बरु सकिन्छ भने नेपाली कामदार ५० जना सम्म हुन्छन भने म् आउंछु ।' मेरो प्रतिक्रियापछी उहाँले नेपाली कामदार लिन केहि समय लाग्ने बताउनुभयो । पछि उहाँले कल गरेर नेपालबाट ३५० जना कामदार लिने बताउनुभयो । जुन काम एजेन्सीले गर्यो । त्यसपछि नेपाली कामदार टर्की लैजानको लागि म सहित अरु सुपरभाइजरहरु अन्तर्वार्ता लिन नेपाल पुग्यौं र नेपालबाट कामदार टर्की ल्याउने काम गर्यौं । पछी नेपाली कामदारहरु अरु देशका भन्दा इमान्दार भएकाले थप कामदार ल्याउने कुरा भयो र फेरी हामी बोसहरु सहित म पनि नेपाल अन्तर्वार्ता लिन पुगें । त्यहाँ सबै व्यवस्था म्यानपावरले मिलाएको थियो । त्यसरी हामी त्यहाँ पुगेर अन्तर्वार्ता लिएर फर्क्यौं । अहिले नेपालबाट कामदारहरु आएर यहाँ कार्यरत हुनुहुन्छ । पहिले पनि यहाँ धेरै कुराहरु नमिलेकोले र नबुझेकाले कति समस्या आएको हो । तर अहिले सबै नेपाली कामदारहरुले यहाँको बारेमा साथै भाषाहरु पनि बुझ्न थालेपछि समस्या समाधान भएको छ । म पनि आफूले गर्न सक्ने र यहाँ कम्पनीको नियमानुसार बसेर काम गरिनै रहेको छु ।
सबै कुरा सामान्य रहेको अवस्थामा मेरो बारेमा भ्रम छर्ने काम किन भयो, मलाई थाहा भएन । मप्रति यहाँ काम गर्ने नेपालीहरुको कुनै गुनाशो छ भने मलाई सिधै भए म आज्ञाकारी भएर आफ्नो गल्ति छ भने सुधार गर्न सक्छु । मलाई आरोप लगाईएझैं मैले अन्तर्वार्तामा फेल भएकालाई पास गराएर पैसा अशुलेको छैन । नेपालमा बैदेशिक रोजगारीको क्रममा एजेन्टहरु सक्रिय हुँदा उनीहरुले गरेको खराव कामको सिकार मलाई बनाइएको हुन सक्छ तर मैले कसैसँग पैसा असुलेको छैन । कम्पनीका अरु प्रतिनिधी समेत रहेर अन्तर्वार्ता लिएको सन्दर्भमा पैसा अशुलीमा मेरो हात कसरी हुन सक्छ ? यदी मैले पैसा लिएको कुनै प्रमाण कसैले पेस गर्न सक्छ भने म जस्तो सुकै सजाय भोग्न तयार छु । अन्यथा मेरो बेइज्जत किन गरियो ? यो स्थितिमा आईपुग्न मैले निकै परिश्रम गरेको छु, मैले आफ्नो गुजारा कम्पनीले मैले गरेको कामबाट दिएको तलबबाट सजिलै गर्न सक्छु । मलाई र मेरो परिवारलाई गुजारा गर्न पुग्ने तलब मैले पाएको अवस्थामा मलाई अवैध तरिकाले पैसा कमाउनुपर्ने आवश्यकता छैन । आवश्यक परे मेरो स्यालरी सर्टिफिकेट र बैंक डिटेल सबै दिन सक्छु ।
त्यस दिनको जुन भिडियो बनाइयो, म् त्यतिबेला त्यहाँ थिइन । हामीलाई कम्पनीले तलब दिएपछी बैंक जानको लागि हरेक हप्ता कम्पनीलेनै बसको सुबिधा दिएको छ । मेडिकल जान पनि कम्पनीले नै बस सुविधा दिएको छ । बैंकमा जानु अघि सबैलाई पासपोर्ट दिन्छ । तर संधै नेपाल पैसा पठाउन पासपोर्ट नचाहीयोस भन्ने सुविधा दिनको लागि कम्पनीले पासपोर्ट कपि र यहाँको आइडी कार्डको फोटोकपिले पैसा पठाउने व्यवस्था मिलाईदिन्छु भनेको कारणले त्यो कुरा निस्किएको हो । तर पासपोर्ट दिँदा हरेक शनिबार आ-आफ्नो सुपरभाइजरले बेलुका दिने गरेको थियो । तर यो घटना शुक्रबार बेलुकाको थियो ।
त्यसै भिडियोमा हामी सबै नेपालीहरुलाई हेर्नको लागि वा हाम्रो आवश्यकता परिपूर्ति गर्नको लागि खटिएका (कम्पबोस) हरु आएर र हाम्रो सुपरभाइजरहरुले पनि त्यहाँ त्यस भिडियोमा भनेका छन् कि भोली ४ जनालाई लिएर बैंक जाने र बुझेर आउने, कम्पनीबाट पनि १ जना प्रतिनिधि गएर कुरा गर्ने अनि अबबाट पासपोर्टको फोटोकपिबाट नेपाल पैसा पठाउन सकिने व्यवस्था गर्न र हाम्रो IGA को कार्ड देखाएर पैसा पठाउने व्यवस्था गरिदिन बैंकका कर्मचारीहरुलाई अनुरोध गर्ने यदी भएन भने शनिबार बेलुका सबैलाई पासपोर्ट दिने भनेर कुरा भएको थियो । नभन्दै बैंकमा गएर नेपालीले कसरी सहज रुपमा पैसा पठाउन सक्छन भनेर हामीले बुझ्दा एक पटक त्यस बैंकबाट पैसा पठाईसकेपछी अर्को पटकबाट पैसा पठाउन पासपोर्टको फोटोकपि मात्र भए पनि हुने रहेछ । जुन कुरा कम्पनीलाई हामीले जानकारी गराएका छौं ।
मेरो बारे भ्रमपूर्ण रिपोर्ट मिडियालाई दिएर मेरो बदनाम मात्र गराउन खोजिएको हो । अन्यथा म् कुनै हुण्डी कारोबार गर्ने व्यक्ति पनि हैन । नेपालीले सहज रुपमा आफुले कमाएको पैसा नेपाल पठाउन सकौं भन्नेमा म सचेत थिएँ र छु । जुन क्रममा यहाँ काम गर्ने साथीहरुलाई परेको सुख-दु:खमा मेरो साथ छँदैछ । म् लामो समयदेखि यही कम्पनीमा काम गर्दै आएकाले र कम्पनीले सुपरभाइजरको जिम्मेवारी दिएकाले नयाँ आउनु भएका साथीहरुले मलाई फरक रुपमा हेर्नु भएको जस्तो लाग्यो । मेरो कारण कुनै नेपालीलाई समस्या छ भने मलाई सिधै भन्नुभए हुन्छ म तपाईहरुको कुरा सुन्न तयार नै छु । अझै चित्त नबुझे कम्पनीको सम्बन्धित व्यक्तिहरुसामु लगेर मेरो कम्प्लेन गर्न सक्नुहुनेछ । यदी मैले यहाँ कार्यरत दाजुभाईलाई कुनै अन्याय गरेको ठहरेमा म् स्वयम् आफै कम्पनीमा गएर वा अन्य ठाउँमा गएर आफुले गरेको गल्तिको सजाय भोग्न तयार छु । अन्यथा यहाँ काम गर्ने साथीहरुले बिना प्रमाण मेरो चरित्र हत्या गर्ने उद्देश्यले मेरो बारेमा भ्रम छर्ने किसिमका रिपोर्टहरु दिनु हुनेछैन भन्ने आशा गर्दछु । साथै सम्बन्धित मिडियाले मेरो बिषयमा अझै प्रष्ट हुन चाहेमा मेरो हरेक विवरण दिन म तत्पर छु ।
(हाल: बैदेशिक रोजगारीको शिलशिलामा टर्कीबाट)
