साउन १५, काठमाडौ। वैदेशिक रोजगार विभागले ग्रेट स्काई ईन्टरनेशनल (म्यानपावर) मा छापा मारेको छ। उक्त म्यानपावर कम्पनीले दुवई दुतावासको नक्कली छाप र किर्ते दस्तखत गरेर मागपत्र पेश गरेको गुनासोका आधारमा विभागले छापा मारेको हो। विभागले कम्पनीको कारोवार रोक्का राखी कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विभाग श्रोतले जनाएको छ।
हिजो सोमबार पनि विभागमा परेको उजुरीको आधारमा प्रति कामदार १ लाख ६० हजारसम्म पैसा लिएको पाइएपछि विभागको टोलीले वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेर काजजात नियन्त्रणमा लिएको थियो।