साउन १६, काठमाडौँ | सरकारले म्यानपावर धरौटी ६ करोड राख्ने गरि मस्यौदा बुझाएको समाचारसंगै आक्रोशित म्यानपावर व्यवसायीहरुको भेला काठमाडौँमा जारी छ |
जारी भेलामा नेपाल बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङले मन्तब्य राख्ने क्रममा व्यावसायीबाट चर्को आलोचना सहित नाराबाजी भएपछी कार्यक्रम समेत प्रभावित भएको छ | म्यानपावर व्यवसायीहरुले संघका अध्यक्षले धरौटीको बिषयमा प्रवेश नगरेको र वर्तमान संघको अध्यक्ष निकम्मा भएको भन्दै कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले नाराबाजी गरेका हुन् | फोरमपक्षले चर्को नाराबाजीको कारण व्यवसायीहरुको भेला समेत प्रभावित भएको साझा सबालका सहकर्मी मनोज पराजुलीले जानकारी दिएका छन् |

कार्यक्रममा सरकार निकट प्रगतिशील बैदेशिक रोजगार संघ पक्षधर र कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमबीच भनाभन भईरहेको छ | भेलामा उपस्थित ठूलो संख्याका म्यानपावर व्यवसायीहरु बीच हो-हल्लाका कारण कार्यक्रम सुचारु हुन सकेको छैन |

सरकारले म्यानपावरहरुको धरौटी बढाएर ६ करोड पुर्याउने निर्णय लिएसंगै आज वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने निर्णय गर्ने तयारी भएको थियो ।