साउन १६, काठमाडौँ | सरकारले म्यानपावर धरौटी ६ करोड राख्ने गरि मस्यौदा बुझाएको समाचारसंगै आक्रोशित म्यानपावर व्यवसायीहरुको भेला काठमाडौँमा जारी छ |
जारी भेलामा केहि बेर अघि नेपाल बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङले मन्तब्य राख्ने क्रममा कांग्रेस निकाल व्यावसायीबाट चर्को आलोचना सहित नाराबाजी भएपछी कार्यक्रम समेत प्रभावित भएको थियो | गुरूङ तात्कालिन एमाले निकट व्यवसायी हुन् । यस अघि पनि कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले बैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्वको बिषयमा कुरा गर्न छुट्टै भेला दियालो फुडल्याण्डमा गरेको थियो |
आज जारी भेला हो-हल्ला र बिरोधका बाबजुत अहिले बिभिन्न व्यवसायीहरुले आ-आफ्नो कुरा राख्ने क्रममा छन् |

भेलामा कांग्रेस पक्षले वर्तमान अध्यक्ष गुरुङको राजीनामा माग गरेको छ । बिपक्षी व्यवसायीहरूले अध्यक्ष गुरुङले व्यवसायी हितमा काम गर्न नसकेको र सरकारले पेल्न खोजेको अारोप लगाएका छन् ।नेतृत्वको परिवर्तनको बिषयमा कांग्रेस निकटले माग गरेपनी धरौटी बढेको बिषयमा भने अधिकांश व्यवसायीहरुले बिरोध गरेका छन् । उनीहरु ६ करोड धरौटी पुर्याउने प्रस्तावका विरुद्धमा म्यानपावर कम्पनीनै बन्द गरेर लाइसेन्स सरकारलाई नै बुझाउने पक्षमा छन् ।


म्यानपावर व्यवसायीहरुले धरौटी रकम ३० लाख भन्दा बढी बनाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सरकारले म्यानपावरहरुको धरौटी बढाएर ६ करोड पुर्याउने निर्णय लिएसंगै आज वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने निर्णय गर्ने तयारीमा छन् ।