२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको धरौटी बढाए पूर्व र अन्तिम स्वीकृति नलिने निर्णय, भेलामै रस्साकस्सि

२०७५, १६ श्रावण बुधबार १४:२५

साउन १६, काठमाडौँ | म्यानपावर व्यवसायीले धरौटी रकम बढाउने पस्ताव तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको म्यानपावर व्यवसायीको वृहत भेलाले प्रस्ताव फिर्ता नभए नै म्यानपावरको इजाजतपत्र (लाइसेन्स) सरकारलाई नै बुझाउने निर्णय सहित संकल्प पस्ताव पारित गरेको छ ।

सरकारले कम्पनी इजाजतपत्रको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी बृहत व्यवसायी भेला गरि आन्दोलनमा जाने निर्णय गरेका हुन्।  भेलाले म्यानपावर व्यवसायको यसअघिकै धरौटी ३० लाख कायम राख्न माग गरेको छ । सरकारले धरौटी रकम बढाएर एकतर्फी अगाडी बढाए आ आफ्नो इजाजतपत्र संघ मार्फत सरकारलाई बुझाउने र कार्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै भेलाले धरौटी बढाउने निर्णय फिर्ता नभए कामदार विदेश पठाउन पूर्व तथा अन्तिम श्रमस्वीकृति लिने प्रक्रिया पूर्ण रुपमा रोक्ने निर्णय समेत गरेको छ । यसपछि विदेशमा कामदार पठाउने  प्रक्रिया पूर्ण रुपमा बन्द गरेर प्रधानमन्त्रीसहित विभिन्न् राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय भेलाले गरेको छ ।

दुईपक्षको लामो रस्साकस्सी र हात हालाहालपछि भेला सुरु भएर दिनभर भएको व्यवसायीको भेलाले सरकारले धरौटी बढाउने प्रक्रिया तत्कालै नरोके कार्यालय बन्द गरेर इजाजत बुझाउने निर्णय लिएका हुन् । व्यवसायीले यसको विरोधमा दवाव दिन सबै संगठनको प्रतिनिधित्व हुने गरी एक समिति बनाउने समेत निर्णय गरेको छ । धरौटी बढाउने प्रस्ताव फिर्ता लिन विभिन्न खालका दवावका कार्यक्रम गर्ने पनि संघले निर्णय गरेको छ । 


यस्तै भेलाले सेवा शुल्क वृद्धि, दूतावास प्रमाणिकरण र श्रम सम्झौताको विषयमा ऐनमा समेट्न समेत व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने भएको छ । 

आजको व्यवसायी भेला सुरु भए लगत्तै व्यवसायीहरुबीच केहि बेर तनावको स्थिति सृजना भएको थियो । व्यवसायीहरुले समसामयिक विषयमा छलफल गर्न भन्दै आयोजना गरेको भेलामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नै ६ करोड धरौटी लिने सरकारको प्रस्तावको पक्षमा उभिएको आरोप लगाउँदै लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरम पक्षधर आक्रोशित बन्दै नाराबाजी र हो-हल्ला गरेका थिए । भेलामा अध्यक्ष रोहन गुरुङले बोल्दै गर्दा काँग्रेस पक्षधर व्यवसायीहरुले गुरुङको राजीनामा माग गर्दै प्रर्दशन गरेका थिए । 


अध्यक्ष गुरुङले सरकारले म्यानपावर व्यवसायलाई ध्वस्त पार्ने गरी प्रस्ताव ल्याउँदा समेत व्यवसायीहरुसँग कुनै परामर्श नलिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै