२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको धरौटी बढाए पूर्व र अन्तिम स्वीकृति नलिने निर्णय, भेलामै रस्साकस्सि

१६ श्रावण २०७५, बुधबार १४:२५

साउन १६, काठमाडौँ | म्यानपावर व्यवसायीले धरौटी रकम बढाउने पस्ताव तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको म्यानपावर व्यवसायीको वृहत भेलाले प्रस्ताव फिर्ता नभए नै म्यानपावरको इजाजतपत्र (लाइसेन्स) सरकारलाई नै बुझाउने निर्णय सहित संकल्प पस्ताव पारित गरेको छ ।

सरकारले कम्पनी इजाजतपत्रको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी बृहत व्यवसायी भेला गरि आन्दोलनमा जाने निर्णय गरेका हुन्।  भेलाले म्यानपावर व्यवसायको यसअघिकै धरौटी ३० लाख कायम राख्न माग गरेको छ । सरकारले धरौटी रकम बढाएर एकतर्फी अगाडी बढाए आ आफ्नो इजाजतपत्र संघ मार्फत सरकारलाई बुझाउने र कार्यालय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै भेलाले धरौटी बढाउने निर्णय फिर्ता नभए कामदार विदेश पठाउन पूर्व तथा अन्तिम श्रमस्वीकृति लिने प्रक्रिया पूर्ण रुपमा रोक्ने निर्णय समेत गरेको छ । यसपछि विदेशमा कामदार पठाउने  प्रक्रिया पूर्ण रुपमा बन्द गरेर प्रधानमन्त्रीसहित विभिन्न् राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय भेलाले गरेको छ ।

दुईपक्षको लामो रस्साकस्सी र हात हालाहालपछि भेला सुरु भएर दिनभर भएको व्यवसायीको भेलाले सरकारले धरौटी बढाउने प्रक्रिया तत्कालै नरोके कार्यालय बन्द गरेर इजाजत बुझाउने निर्णय लिएका हुन् । व्यवसायीले यसको विरोधमा दवाव दिन सबै संगठनको प्रतिनिधित्व हुने गरी एक समिति बनाउने समेत निर्णय गरेको छ । धरौटी बढाउने प्रस्ताव फिर्ता लिन विभिन्न खालका दवावका कार्यक्रम गर्ने पनि संघले निर्णय गरेको छ । 


यस्तै भेलाले सेवा शुल्क वृद्धि, दूतावास प्रमाणिकरण र श्रम सम्झौताको विषयमा ऐनमा समेट्न समेत व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने भएको छ । 

आजको व्यवसायी भेला सुरु भए लगत्तै व्यवसायीहरुबीच केहि बेर तनावको स्थिति सृजना भएको थियो । व्यवसायीहरुले समसामयिक विषयमा छलफल गर्न भन्दै आयोजना गरेको भेलामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नै ६ करोड धरौटी लिने सरकारको प्रस्तावको पक्षमा उभिएको आरोप लगाउँदै लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरम पक्षधर आक्रोशित बन्दै नाराबाजी र हो-हल्ला गरेका थिए । भेलामा अध्यक्ष रोहन गुरुङले बोल्दै गर्दा काँग्रेस पक्षधर व्यवसायीहरुले गुरुङको राजीनामा माग गर्दै प्रर्दशन गरेका थिए । 


अध्यक्ष गुरुङले सरकारले म्यानपावर व्यवसायलाई ध्वस्त पार्ने गरी प्रस्ताव ल्याउँदा समेत व्यवसायीहरुसँग कुनै परामर्श नलिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान