२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट ब्लडमनी तिरेर एक वर्षमा १८ नेपालीलाई स्वदेश फिर्ता

२४ श्रावण २०७५, बिहीबार १६:११


साउन २४, काठमाडौं सरकारले साउदी अरबबाट १८ जना नेपाली कामदारलाई ब्लडमनी रकम तिरेर नेपाल फर्काएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा साउदी अरबमा ४१ जना नेपाली कामदार ब्लडमनीको मुद्धामा जेल परेका थिए। त्यसमा पहिलो चरणमा १८ जनालाई ब्लडमनी तिरेर जेल मुक्त गरेर नेपाल फर्काइएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।

अन्य २३ जनालाई दोस्रो चरणमा ब्लडमनी तिरेर जेल मुक्त गराई नेपाल फर्काइने प्रक्रिया सुरु गरिएको दूतावासले जानकारी दिएको छ। साउदी अरबमा रोजगारीका लागि गएका २ सय ४९ जना नेपाली विभिन्न कारणले ब्लडमनी सम्बन्धि मुद्धामा जेलमा रहेको दूतावासले जनाएको छ।

गत आर्थिक वर्षमा ४० लाख ११ हजार ८ सय ५४ रियाल अर्थात १ अर्ब ११ करोड ४३ लाख ३७ हजार ८ सय ४३ रुपैयाँ ब्लडमनी र अन्य कामदारको समस्याका लागि आवश्यक रकम परराष्ट्र मन्त्रालयमार्फत माग गरिएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार उक्त आवश्यक रकम परराष्ट्र मन्त्रालयले दूतावासमा पठाइसकेको छ। साउदी अरबमा अन्य ५० जना नेपालीको ब्लडमनी सम्बन्धी मुद्धा अदालतमा चलिरहेको र  उनीहरुलाई पनि दूतावासले उद्धार गर्न पहल गरिरहेको जनाइएको छ।

विदेशमा रहेका नेपालीहरु कामदारहरु सडक दूर्घटना, सवारी दुर्घटना र ज्यानसम्बन्धी मुद्धामा  ब्लडमनीको जरिवाना र सजाय हुने खेप्न बाध्य हुने गरेका छन् ।

ब्लडमनी रकम तिरेर नेपाल फर्काइएका नेपाली कामदारको  सूची:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान