२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी निष्कर्ष: वैदेशिक रोजगारीमा सबै देशसँग जीटूजी असम्भव

२८ श्रावण २०७५, सोमबार १६:०२

साउन २८, काठमाडौं । उदयराज पाण्डे नेतृत्वको सरकारी कार्यदलले वैदेशिक रोजगारीमा म्यानपावर व्यवसायीलाई पूर्ण रुपमा अलग नगर्न सुझाव दिएको छ । 

दक्षिण कोरियासँग अपनाइएको ईपीएस जस्तो जीटूजी मोडालिटी सबै देशमा सम्भव नभएको भन्दै कार्यदलले म्यानपावर व्यवसायीले एजेन्टहरुमार्फत नभई रोजगारदाता कम्पनीबाट सोझै मागपत्र ल्याई श्रमिक पठाउने व्यवस्था गर्न सुझाएको छ ।

हाल अपवाद बाहेक सबै नेपाली श्रमिकहरु वैदेशिक रोजगार कम्पनी र एजेन्टहरुको सहयोगमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । एजेन्टहरुमार्फत मागपत्र ल्याउन समेत अस्वस्थ प्रतिस्पर्धा समेत हुने गरेको छ । त्यसरी जानेहरुमध्ये धेरै समस्यामा पर्ने गरेका छन् । जबकी सरकार आफै संलग्न भएको जीटूजी मोडलबाट कोरिया र इजरायल गएका श्रमिकहरुको अवस्था भने तुलनात्मक रुपमा राम्रो देखिएको छ ।

त्यसैले वैदेशिक रोजगारीमा निजी व्यवसायीलाई संलग्न नै नगराई जीटूजी लागू गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

तर, पूर्वराजदूत समेत रहेका पाण्डे नेतृत्वको कार्यदलले भने सरकारले नै श्रमिक भर्ना लगायतका सबै काम गर्न व्यवहारिक नहुने बताएको छ ।

म्यानपावर व्यवसायीको क्रियाकलापलाई प्रभावकारी अनुगमन र नियमन गर्ने सुनिश्चित गरेर श्रमिक भर्ना र रोजगारी दिने काममा निजी व्यवसायलाई संलग्न गराउन सकिने बताएको छ । ‘नेपालले मात्रै चाहेर गन्तव्य मुलुकसँग इपीएस जस्तो मोडालिटीमा जीटूजी सम्भव नहुन सक्छ’ कार्यदलले भनेको छ ।

सरकारी तहबाटै भर्ना लगायतका प्रक्रिया व्यवस्थापन गर्न सम्भव भएका मुलुकहरुका हकमा जी टू जी गर्न सकिने उसले बताएको छ । यो प्रक्रियामा पनि श्रमिकहरुको अधिकार संरक्षण र उनीहरुमाथि आर्थिक भार पर्न नहुने कार्यदलको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण