२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ महिना भित्रै सामाजिक सुरक्षा कार्यक्रम लागू हुन्छ : श्रममन्त्री विष्ट

२०७५, २९ श्रावण मंगलवार ०७:३१

साउन २९, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै नागरिकलाइ सामाजिक सुरक्षाको दायरा भित्र ल्याउने गरि सरकारले तयारी शुरु गरेको बताएका छन् ।  सरकारले अबको २ महिना भित्र सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको मन्त्री विष्टले बताए । 

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको नेपालमा सामाजिक सुरक्षा विषयक दुई दिने छलफल कार्यक्रममा श्रम  मन्त्री विष्टले हाल सामाजिक सुरक्षा सम्बन्धि नियमावली तयार पार्ने काम भैरहेकोले सो सकिए लगत्तै कार्यन्वयनमा लैजाने बताए ।

नेपालको सन्दर्भमा केहि जटिल भएपनि सामाजिक सुरक्षा कार्यक्रम ल्याउन र लागु गर्न प्रतिबद्ध छ मन्त्री विष्टले भने ''सबै श्रमिकको मानवोचित जीवन यापनका लागि यो कार्यक्रम महत्वपुर्ण जग हुनेछ । यो कार्यक्रम लागु हुनासाथ लाखौ नागरिकको जीवनमा सिधा अनि सकारात्मक प्रभाव पार्नेछ।" 

तत्काल श्रमिकहरुलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याइने तयारी भएपनि श्रमिक आश्रित परिवारलाई समेत कसरी  सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ भनेर छलफल भैरहेको मन्त्री विष्टले बताए । औपचारिक सँगै ठुलो संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कार्यक्रमले लाभान्वित पुर्याउने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै