भदौ ६, काठमाडौँ । जेठ ३ गतेदेखि बन्द भएको मलेसिया रोजगारीको समस्या सकारात्मक बाटोतर्फ अगाडी बढेको छ । नेपाली कामदारमाथि मलेसिया जानुअघि नै ठगी भइरहेको पाइएपछि नेपाल सरकारले कामदारहरुलाई मलेसिया जान रोक लगाएको थियो |
मलेसियाको मानव संशाधन मन्त्रालयले आइतबार परराष्ट्र मन्त्रालयमार्फत् कामदारको आपूर्तिसम्बन्धमा समझदारी गर्न एमओयुको औपचारिक प्रस्ताव पठाएसँगै प्रक्रिया सकारात्मक बाटोतर्फ लागेको हो ।
मलेसियाले नेपाल सरकारसँग कामदारको हकहित र सुरक्षाका सम्बन्धमा व्यापक सुधार गर्दै एमओयुको खाका नेपाल पठाएको थियो।
नेपाली कामदार पुन मलेसिया भित्र्याउने पक्षमा रहेको मलेसिया पनि सरकारी तवरवाटै कामदार लैजान तयार भएको छ ।