२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई ‘व्यवस्थापन बोर्ड’ बनाइँदै

२०७५, ७ भाद्र बिहीबार १०:०१

भदौ ७, काठमाडौं । सरकारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम परिवर्तन गर्ने भएको छ ।  बोर्डको नाम परिवर्तन गरि ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।

संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिमा बोल्दै मन्त्री बिष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्नु नरहेको स्पष्ट पारे । उनले आन्तरिक रोजगारीमा युवालाई आवद्ध गर्दै देश भित्रै सम्मान जनक रुपमा श्रम गर्ने वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न काम सुरु गरिसकेको छ । अब वैदेशिक रोजगारीको प्रवर्द्धन नभई व्यवस्थापन मात्रै गर्ने हो। त्यसअनुसार बोर्डको नाम नै फेर्न प्रस्ताव गरेको छु मन्त्री विष्टले भने ''बोर्डको काम र भूमिकालाई थप प्रभावकारी बनाउन श्रम मन्त्रालयले काम गरिरहेको छ।"  

बैदेशिक रोजगारीमा जाने कामदारले आवश्यक सिप नहुँदा कम शुल्कमा काम गर्नुपरेको भन्दै मन्त्री विष्टले अब नेपाली कामदारले अनिवार्य रुपमा सीप लिएर मात्र विदेश जाने वातावरण बनाउन सरकार लागि परेको बताए। 

प्रवर्द्धन बोर्डले हाल वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका परिवार र अंगभंग भएकाहरुलाई क्षतिपूर्ति दिलाउने लगायतका काम गरिरहेको छ । उसले वैदेशिक रोजगार गन्तब्यहरुको प्रवर्द्धन र वैदेशिक रोजगारीबारे सचेतना फैलाउनेको पनि जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै