२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको क्रममा २०७४/७५ मा ८२१ को मृत्यु, कुन देशमा कति ?

२०७५, ७ भाद्र बिहीबार १०:३५

भदौ ७, काठमाडौँ | वैदेशिक रोजगार नेपालीको रहर नभई वाध्यता रहेको छ । आफ्नो देशमा रोजगारीको प्रयाप्त अवसर नहुँदा नेपालीहरु विश्व श्रम बजारमा कार्यरत छन् । 

यसै अवस्थामा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीबाट भएको मृत्यु, अंगभंग र पिडितहरुलाई प्रदान गरिएको क्षतिपूर्ति बारे हालसालै विभिन्न तथ्यांकहरु प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका र अंगभंग भएकाहरुको तथ्यांकले बैदेशिक रोजगारीबारे विविध सवालहरु जन्माएका छन् । त्यसोत वैदेशिक रोजगारीमा लाखौँ नेपालीहरु गएकाले मृत्यु तथ्यांक धेरै नै आउनु स्वभाविक लाग्न सक्छ तर वैदेशिक रोजगारीको क्रममा युवा अवस्थामा गएकाहरुको मृत्यु अस्वभाविक तरिकाले हुनु सोच्नुपर्ने बिषय हो । धेरैको शंख्यामा मृत्युको विवरण आउनुले नेपालीहरूको गन्तव्य देशहरूमा ठुलो संख्यामा हुने मृत्यु र अंगभंगले वैदेशिक रोजगारीको जोखिमपूर्ण अवस्थालाई दर्शाएको छ । 

तथ्याङ्क अनुसार गत आर्थिक वर्ष बिभिन्न देशमा वैदेशिक रोजगारीमा गएकाहरु मध्ये ८२१ जना नेपालीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुषको शंख्या ८०० छ भने महिलाको शंख्या २१ छ । वैदेशिक रोजगारीको क्रममा सबैभन्दा धेरै नेपाली मलेसियामा मरेका छन् । जसको शंख्या २८८ छ । त्यसपछि साउदीमा २०३ छ भने कतारमा १२३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै यूएईमा ९४ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै कुवेतमा मृत्यु हुने नेपालीको शंख्या २६, दक्षिण कोरियामा २२, बहराइनमा ९, ओमानमा ५, जापानमा २ र टर्कीमा २ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै इजिप्ट, पोल्याण्ड, अफगानिस्तान, जर्मनी, माल्धिभ्स, सिसेल्स, भियतनाम र जोर्डनमा १/१ जनाको मृत्यु भएको छ । 

माथिको तथ्यांकमध्ये विदेशमा मृत्यु भएकाहरु १३५ जनाको अझै लास नेपालमा आएका छैनन् ।

त्यस्तै बैदेशिक रोजगारीको क्रममा बिरामी भई उपचार खर्च लिनेको शंख्या ५२ रहेको छ । उनीहरुले प्रति व्यक्ति औशतमा ४८ हजार ९४२ रुपयाँ लिएका छन् । 

त्यस्तै अंगभंगभई क्षेतिपूर्ति पाउनेहरुको शंख्या ३६१ रहेको छ । त्यसरी क्षेतीपूर्ति पाउनेले प्रति व्यक्ति औशतमा १ लाख ८१ हजार ६०९ रुपयाँ उपचार खर्च पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै