भदौ ७, काठमाडौँ | बैदेशिक रोजगारका नाममा बिभिन्न तरिकाले युवाहरु ठगिईरहेको सन्दर्भमा गत आर्थिक बर्ष बैदेशिक रोजगारीको क्रममा परेका उजुरीको तथ्यांक सार्वजनिक भएको छ | गत आर्थिक वर्षमा बैदेशिक रोजगारी अन्तर्गत व्यक्तिगततर्फ ११०९ र संस्थागत तर्फ १०२० उजुरी परेका हुन् |
व्यक्तिगत तर्फ उजुरी गर्नेले गत आर्थिक बर्ष मात्र कुल ७५ करोड ३७ लाख भन्दा बढीको मागदावी गर्दै उजुरी दिएका थिए भने संस्थागत तर्फ ७६ करोड ८३ लाख भन्दा बढी रकमको मागदावी गरेका छन् | यसरी हेर्दा गत आर्थिक बर्षमा कुल १ अर्ब ५२ करोड भन्दा बढी मागदावी गर्दै उजुरी गरिएको तथ्यांकले देखाएको छ |
वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७४/०७५ को प्रगति विवरण अनुसार विभागले व्यक्तिगत तर्फ परेका उजुरी अन्तर्गत १५ करोड २४ लाख ४५ हजार ५११ रुपयाँ र संस्थागततर्फ ४ करोड ९५ लाख ४९ हजार ३६० रुपयाँ गरि कुल २० करोड १९ लाख ९४ हजार ८७१ रुपयाँ बिगो भराएको छ | यसरी हेर्दा संस्थागत रुपमा भन्दा व्यक्तिगत ठगिको बिगो बढी भराईएको पाइएको छ |
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २१२९ उजुरीमा १०२३ उजुरीको फरफारक गरिएको छ | यस सम्बन्धि स्पष्ट विवरण तल हेर्न सक्नुहुनेछ:
