२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा नेपाली श्रमिकका समस्याबारे छलफल हुँदै

८ भाद्र २०७५, शुक्रबार १०:१३

भदौ ८, काठमाडौँ (रासस) | रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको छ । युएइको दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा आयोजना गरिएको भेलाको आज खानेपानी मन्त्री बीना मगरले उद्घाटन गर्नुभयो । 

भेलामा रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा गहन छलफल हुने एनआरएनएका प्रवक्ता भुषण घिमिरेले बताउनुभयो । भेलाले काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु तथा अङ्गभङ्ग, स्वास्थ्य र सुरक्षाका बारेमा चेतनाको कमी, स्थानीय भाषा र कानूनी ज्ञानको कमी तथा सूचनाको अभावमा जेल जीवन बिताउनुपर्ने समस्या न्यूनीकरणका लागि सुझाव पेस गर्ने उहाँले बताउनुभयो । 

रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएको व्यक्तिका परिवारले पाउने क्षतिपूर्ति तथा आर्थिक सहायतालाई सहज बनाउने विषयमा पनि भेलामा छलफल हुनेछ । विप्रेषण (रेमिट्यान्स)लाई उत्पादनशील क्षेत्रमा लगानी, विदेशमा सिकेको ज्ञान तथा सीपलाई नेपालको विकासमा उपयोग र वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । 


रोजगारीमा जाने व्यक्तिलाई सीपमूलक तालीम, स्थानीय भाषा, संस्कृति र कानूनका बारेमा अभिमुखीकरण, स्वदेश फर्केका व्यक्तिलाई उद्यममा लाग्न प्रोत्साहन गरी समाजमा पुनःस्थापना र समायोजन गर्ने विषयमा पनि भेलाले निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो । 

भेलाले विदेशस्थित नेपाली नियोगमार्फत श्रम स्वीकृति प्रदान गर्ने, श्रम सीप बैंकको स्थापना, वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि सञ्चय कोषको व्यवस्थाका लागि रोजगारदाता मुलुकसँग पहल गर्न सरकारको ध्यानाकर्षण गराउने बताइएको छ । 

भेलामा नेपालको तर्फबाट खानेपानी मन्त्री मगर, पूर्वश्रममन्त्री रमेश लेखक, श्रम र अन्य सरोकारवाला निकायका प्रतिनिधि तथा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेबिया र ओमानको राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको सहभागिता रहेको छ । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार ः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ नारासहित बिहीबारदेखि शुरु भएको भेला शनिबार सम्पन्न हुनेछ । 

नेपालमा भित्रने रेमिट्यान्सको करीब ६० प्रतिशत मध्यपूर्वका देशबाट आउने बताएको छ । एनआएनएले स्थापनाकालदेखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान