२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम पुरुषहरुद्वारा श्रीमती विरुद्ध मुद्धा, अधिकांश मुद्दा विदेशबाट फर्किएकाहरुको

२०७५, १२ भाद्र मंगलवार ०५:०२

भदौ १२, तुलसीपुर | नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । 

सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला गरेको छ । 

अहिले जिल्ला अदालत घोराहीमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् । जिल्ला अदालत घोराहीका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म अदालतमा सम्बन्ध बिच्छेदका लागि १५ मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर राणाले जानकारी दिनुभयो । एघार सम्बन्ध बिच्छेदका मुद्दा पुरुषले दर्ता गराएका हुन् । श्रीमतीले घर व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा बस्दा पठाएको पैसा हिनामिना गरेको, विदेशबाट घर आउँदा श्रीमती घरमा नभएको, परपुरुषसँग सम्बन्ध राखेको लगायतका कारण देखाउँदै पुरुषले सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । सम्बन्ध बिच्छेद गारउनेमा ७३ वर्षका वृद्धसमेत रहेका छन् । 

जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६६४ मुद्दा दर्ता भएका थिए । अदालतले ४९७ मुद्दाको फैसला गरेको थियो भने १६६ मुद्दाको फैसला हुन बाँकी छ । नयाँ संहिता लागू भएसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा आउन थालेको राणाले बताउनुभयो । अब अदालतले सम्बन्ध बिच्छेदका मुद्दामा पक्ष र विपक्षलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोशिश गर्ने र मिल्नै नसक्ने अवस्था भए सम्बन्ध बिच्छेद गरिने राणाको भनाइ छ । यसअघि सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जाने व्यवस्था थियो । पुरुषले गाउँ विकास समिति तथा नगरपालिकालगायतका विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानूनी व्यवस्था थियो । 

सेवा सुधार गर्न माग 

राप्ती उपक्षेत्रीय अस्तालको स्वास्थ्य सेवालाई सुधार गर्न अधिकारकर्मीले माग गरेका छन् । उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा दिनप्रतिदिन खस्कँदै गएको र विशेषज्ञ चिकित्सक नहुँदा बिरामी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै सरोकारवाला निकायले अस्पतालमा अनुगमन गरी प्रशासनलाई स्वास्थ्य सेवा सहज बनाउन माग गरेका हुन् । 

नागरिक समाजका संयोजक चन्द्रराज पन्तको नेतृत्वको टोलीले सोमबार अस्पतालको अनुगमन गरेको थियो । अस्पतालमा विशेषज्ञ चिकित्सक कार्यकक्षमा नभेटिएका, अस्पतालमा फोहर व्यवस्थापन सही रूपमा हुन नसकेको तथा जथावाभी पार्किङ गरिएको पाइएको पन्तले बताउनुभयो । उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा जनार्दन पन्थीले सेवामा सुधार गर्न पहल गरिने बताउनुभयो । उक्त अस्पतालमा १२१ जनाको दरबन्दी रहेकमा हाल ७९ जना मात्र कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै