भदौ १९, काठमाडौं | बाटो काट्ने क्रममा गाडीले ठक्कर दिंदा युएईको रसअल खेमामा एक जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान घर भएका २५ वर्षीय दीपक शर्मा पौडेल रहेका छन् । उनलाई रातको करिब साढे ११ बजे स्थानीय अरबीको गाडीले ठक्कर दिएपछि घटना स्थलमा नै मृत्यु भएको थियो । उनको शब रसअल खेमाको साकार अस्पतालमा राखिएको छ ।