२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट म्यानपावर व्यवसायीको चुनावी रौनक, अध्यक्षमा ढकालको सम्भावना बलियो

२० भाद्र २०७५, बुधबार १६:११

मनोज पराजुली, भदौ २०, काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षको पदका लागि म्यानपावर व्यवसायी विच प्रतिष्पर्धा हुने देखिएको छ। बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने फोरमको नवौँ साधारणसभामा म्यानपावर व्यवसायीहरु नरेन्द्रप्रसाद ढकाल, हंशराज वाग्ले, ऋषि शर्मा र दुर्गाबहादुर लिम्बूले अध्यक्ष पदका लागि इच्छा देखाएका छन् । 

२०६३ मा स्थापना भएको फोरमको पाँचौ कार्यसमितिको अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ढकाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एवं फोरमका सल्लाहकार वाग्ले, पूर्व वरिष्ठ उपाध्यक्ष शर्मा र पूर्वसदस्यसमेत रहेका लिम्बू आकांक्षी देखिएका छन् ।

नयाँ कार्यसमितिको लागि धेरै व्यवसायीहरु आकांक्षी देखिएकोले हालको कार्यसमिति र सो भन्दा बाहिरका व्यवसायीलाई मिलाएर लैजाने गरि सहमतिको प्रयास भइरहेको फोरमका अध्यक्ष बिष्णु गैह्रेले जानकारी दिए । उनले सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी कार्यसमितिको टुंगो लगाइने नभए प्रतिष्पर्धाबाट चयन गरिने बताए ।

चुनाव  लागि फोरमले संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट मुख्य निर्वाचन अधिकृत, सल्लाहकार विष्णुकुमारी गुरुङ निर्वाचन अधिकृत र अधिवक्ता सन्देश राजभण्डारी सदस्य सचिव रहेको एक निर्वाचन समिति गठन गरिसकेको छ। 

फोरम कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय रहने व्यवस्था छ भने १७ जनाको अधिवेशनमार्फत निर्वाचन र ४ जना कार्यसमितिको सहमतिमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

अध्यक्ष पदका लागि धेरै आकांक्षी भए पनि  वरिष्ठ उपाध्यक्ष ढकालको सम्भावना बलियो रहेको व्यवसायीहरुले बताएका छन् । उपाध्यक्ष ढकालले फोरमको वर्तमान कार्यसमिति, पूर्व अध्यक्ष र अन्य व्यवसायीहरुका तर्फबाट आफू सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार रहेको भन्दै अन्तिम समयमा आफ्ना नाममा सहमति जुट्ने दावी गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान