२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको धरौटी ६ करोड पुर्याउन सुनियोजित षडयन्त्र भयो : खाँड

२०७५, २१ भाद्र बिहीबार १२:४६

भदौ २१, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले म्यानपावर व्यवसायको धरौटी बढाउने सुनियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । उनले केहि पुजीपतिको दवावमा सरकारले म्यानपावरको धरौटी ३० लाखबाट ६ करोड पुर्याउने गरि बैदेशिक रोजगार ऐन संसोधन गर्न लागेको दावी गरेका छन् । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवौँ साधारणसभालाई सम्बोधन गर्दै खाँडले म्यानपावरको धरौटी बढाउने पस्तावमा नीतिगत, सैद्वान्तिक र व्यवहारिक रुपमा कांग्रेसले समर्थन नगर्ने बताए । ६ करोड धरौटी राखेर व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै उनले कांग्रेसले संसदमा त्यसको खुलेर विरोध गर्ने बताए । 


राष्ट्रियसभाका विपक्षी दलका नेता एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले म्यानपावर व्यवसायीले धरौटी वृद्धिको विरोधमा गर्ने आन्दोलनमा साथ दिने वचन दिएका छन् ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले बैदेशिक रोजगार व्यवस्थित गर्न नसक्ने र बन्द गर्न पनि नसक्ने कारण समस्या देखिएको बताए। उनले म्यानपावर व्यवसायीले पनि आफ्ना व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए । फोरमको अधिवेशनमा अतिथिको रुपमा पुगेका गुरुङमाथि व्यवसायीले गरेका प्रश्नको जवाफ दिंदै उनले फोरमको मागलाई पनि सम्बोधन गरि संघको गतिविधि संचालन गरिरहेको दावी गरे ।

संघकै निवर्तमान अध्यक्ष बिमल ढकालले म्यानपावर धरौटी ६ करोड पुर्याइए हालका ८० प्रतिशत व्यवसायी व्यवसायबाट पलाएन हुने अवस्था आउने दावी गरे । उनले सरकारले धरौटी बढाएर नीतिगत रुपमा सिन्डिकेट लाद्ने पक्षमा लागेको आरोप लगाए ।

आज सम्पन्न हुने फोरमको नवौ अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्दैछ । फोरम कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय रहने व्यवस्था छ भने १७ जनाको अधिवेशनमार्फत निर्वाचन र ४ जना कार्यसमितिको सहमतिमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै