२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी ६ करोड राख्ने प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पारित

२२ भाद्र २०७५, शुक्रबार ०६:४८

भदौ २२, काठमाडौँ | म्यानपावर धरौटी ६ करोड राख्ने प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पारित भई मन्त्रिपरिषद् बैठकमा पेश हुने तयारीमा पुगेको छ । 

विधेयक समितिबाट पारित भैसकेको उक्त प्रस्ताव अब मन्त्रीपरिषद बैठकले मात्र पारित गर्न बाँकी रहेपछी अधिकांश म्यानपावर व्यवसायी भने धरौटी बढ्ने त्रासले तनावमा छन् । मन्त्री परिषदको बैठकमा टेवल गर्न स्वीकृत भईसकेको उक्त प्रस्ताव उपर छिट्टै निर्णय हुनसक्ने बुझिएको छ । यदी मन्त्री परिषद बैठकले पनि यो प्रस्ताव पारित गरेमा नेपालमा म्यानपावर कम्पनी संचालन गरिरहेका र नयाँ म्यानपावर संचालन गर्ने व्यवसायीले अब व्यवसाय चलाउन २ करोड नगद र ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने छ । बैठकमा टेवल भएको वैदेशिक रोजगार ऐन २०६४ संशोधन अन्तर्गत धरौटीको बिषय सबैभन्दा महत्वपूर्ण बिषय मानिएको छ । 

धरौटीको विषयलाई लिएर अधिकांश म्यानपावर व्यवसायीहरु आक्रोशित बनिरहेको अवस्थामा श्रम मन्त्री गोकर्ण विष्टले धरौटी बढाउने बिषयमा पछाडी नहट्ने धारणा राख्दै आएका छन् । म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि अहिले ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी मात्र देखाउनुपर्ने व्यवस्था छ, यो व्यवस्थालाई टेकेर नेपालमा १४ सय भन्दा बढी म्यानपावर खुलेका छन् ।  

मन्त्री गोर्कण विष्टले म्यानपावर व्यवसाय शुद्धीकरण गर्ने योजना सहित धरौटी बढाउने योजना अघि सारेका हुन् । म्यानपावर कम्पनी धेरै भएकाले अनुगमनदेखि नियमनमा समेत समस्या परेको निष्कर्ष सहित मन्त्रालयले मर्जरमा धकेल्न तथा र अनुगमनकै लागि पनि सहज बनाउन म्यानपावरलाई धरौटीमा कस्ने योजना बनाएको बुझिएको छ । पछिल्लो समय १४ सय भन्दा बढी म्यानपावर खुलेपछि म्यानपावर-म्यानपावरबीच अस्वस्थ प्रतिस्पर्धा रहेको, धरौटी कम भएकै कारण एकै कम्पनीमा काम गर्ने कामदार वा अर्को पार्टनरले समेत म्यान्पावर खोलेर ठगि बढाएको जस्ता आरोप म्यानपावरहरुलाई लाग्दै आएको छ । यता साना म्यानपावर व्यवसायीले भने ठूला व्यवसायीसँग मिलिमतो गरेर मन्त्री विष्टले धरौटी बढाउन लागेको आरोप लगाउँदै आएका छन् । 

६ करोड म्यानपावर धरौटी: व्यवसायी नै तीनतिर 

म्यानपावरको धरौटी वृद्धिको बिषयलाई लिएर बैदेशिक रोजगार व्यावसायको भविष्य कता जाला भन्नेमा प्रश्न चिन्ह खडा भएको अवस्थामा धरौटी वृद्धिमा म्यानपावर व्यवसायीहरुले आ-आफ्नै पक्ष समातेका छन् । धरौटी वृद्धि ठूला म्यानपावर व्यवसायीलाई अवसर बनेको र सानालाई चुनौती बनेको कारण यसमा व्यवसायीहरुबीचमै छुट्टा-छुट्टै वर्गसंघर्ष सुरु भएको छ । 

पछिल्लो स्थिति हेर्दा झन्डै बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका १४१७ म्यानपावर कम्पनीमा १९७ म्यानपावर खारेजीको अवस्थामा छन् | यसरी हेर्दा १२२० म्यानपावर कम्पनीहरु अहिले संचालनमा छन् | चालु म्यानपावरहरुको अवस्थालाई आंकलन गर्दा १२२० म्यानपावर मध्ये  झन्डै २५ देखि ३५ ठूला म्यानपावरले अहिले सरकारले ल्याएको २ करोड नगद र ४ करोडको बैंक ग्यारेन्टीको प्रस्तावलाई समेत स्वीकार गर्ने अवस्थामा रहेको बुझिएको छ । यस्ता म्यानपावरहरुको पहुँच उच्च राजनीतिक नेतासम्म रहेकाले उनीहरुकै सल्लाहमा सरकारले धरौटी बढाउन लागेको साना म्यानपावर व्यवसायीहरुको आरोप छ । त्यस्तै झन्डै ३ सय जति म्यानपावरले १ करोडको नगद धरौटीलाई स्वीकार गर्ने स्थितिमा रहेको आंकलन गरिएको छ । यस बाहेक ८५० भन्दा बढी म्यानपावर कम्पनी भने हालको ३० लाख भन्दा बढी धरौटी बढाउन नहुने पक्षमा छन् । यिनै व्यवसायीमा पछिल्लो घटनाक्रमले बढी निराशा उत्पन्न गराएको छ । 

झन्डै दुई-तिहाई म्यानपावर व्यवसायीहरु धरौटीको विपक्षमा रहेको कारण यस अघिको भेलाले धरौटी रकम बढाउन नदिने र सरकारले जबर्जस्ति बढाए आफ्नो इजाजत पत्रनै बुझाएर आन्दोलन गर्ने निर्णय गरेको थियो । तर एकाएक संघले नै मन्त्री विष्टलाई कुल २ करोडको धरौटिको प्रस्ताव गरेपछि म्यानपावर धरौटी मन्त्रीपरिषदले घटाएकै खण्डमा पनि २ करोड भन्दा माथि हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान