२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई विभागको ११ बुंदे परिपत्र, चर्को शुल्क लिने म्यानपावर विभागको निगरानीमा

२२ भाद्र २०७५, शुक्रबार १०:३५

भदौ २२, काठमाडौं । बैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई सुधारको लागि ११ बुंदे परिपत्र गरेको छ।  विभागले एक सूचना जारी गर्दै बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र संस्थाहरुलाई परिपत्र गरेको हो ।

हाल विभागमा प्राप्त हुने उजुरीमध्ये अधिकाम्स उजुरीहरु एउटा काममा भनि अर्को काममा पठाउने, बढी तलब देखाई कम तलबमा पठाउने, सरकारले तोकेको शुल्क भपाई गराई अवान्छित रुपमा थप रकम लिने गरेपछि विभागले सबै व्यवसायीलाई परिपत्र गरेको हो ।

बैदेशिक रोजगारीको प्रक्रियामा म्यानपावरले कामदारका पासपोर्ट लगाएतका कागजात नियन्त्रणमा लिने, समयमा कामदार नपठाउने र कुनै कामदारले नजाने इच्छा गरेमा समेत सबै कागजात फिर्ता नदिई दु:ख दिने घटना बढ्दै गएकोले परिपत्र गरिएको विभागले जनाएको छ।  अबदेखि म्यानपावर कम्पनीले कामदारको पासपोर्ट कम्पनीमा संकलन भएपछि अनिवार्य रुपमा नाम, पासपोर्ट नम्बर र सो पासपोर्ट कति समयसम्म म्यानपावरमा रहन्छ भन्ने कुरा खुलाउनु पर्ने व्यवस्था गरिएको छ, साथै कामदारले पासपोर्ट भुझाईसकेपछि अनिवार्य रुपमा भरपाई दिने व्यवस्था गर्न विभागले निर्देशन दिएको छ । 

म्यानपावर कम्पनीका अवान्छित गतिविधिलाई अनुगमन गरि कानूनको दायरामा ल्याउन परिपत्र गरिएको विभागले जनाएको छ । विभागले बैदेशिक रोजगारीको लागि कामदारबाट चर्को शुल्क लिने म्यानपावर कम्पनीहरुको विशेष निगरानीमा राखिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान