२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघलाई २ करोड धरौटीको पस्ताव फिर्ता लिन फोरमको अल्टिमेटम

२०७५, २८ भाद्र बिहीबार १३:५०

भदौ २८, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले म्यानपावर व्यवसायीको भेलाले पारित गरेको संकल्प पस्ताव विपरित व्यवसायी संघले धरौटी रकम २ करोड पुर्याउने पस्ताव गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमको आज बसेको बैठकले आवश्यक भए म्यानपावरको धरौटी २ करोड बनाउन सकिने गरि नेपाल बैदेशिक रोजगार व्यवसायी सघले पस्ताव गरि प्रचार प्रचार गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।   

संघ मार्फत धरौटी नबढाउने माग गरि अगाडी बढ्न आगामी सोमबारसम्मको डेट लाईन सहितको पत्र काट्ने निर्णय फोरमको बैठकले गरेको छ । साथै बैठकले तत्काल म्यानपावर व्यवसायीको भेला बोलाइ भेलाको निर्णय अनुसार अगाडी बढ्ने जनाएको छ । संघले व्यवसायीका सामु आम माफि माग्नुपर्ने फोरमले माग गरेको छ।

यसअघि व्यवसायी संघले श्रम मन्त्री गोकर्ण बिष्टलाई भेटेर धरौटी नगद एक करोड र बैंक ग्यारेन्टी एक करोड गर्ने र त्यसका लागि एक वर्षको समय दिनुपर्ने माग गरेको थियो । त्यसैगरी संघले पत्रमा धरौटी राखेको रकमको ब्याज व्यवसायीको बैंक खातामा आउने व्यवस्था गरिदिन पनि आग्रह गरेको थियो । यस्तै पत्रमा म्यानपावर कम्पनी एक आपसमा गाभ्ने प्रक्रियाको विकल्प दिन माग गर्दै संघले सरकारले तोकेको फ्रि भीषा फ्रि टिकटको निर्णय पनि परिवर्तन गरी कामदारले पाउने एक महिनाको तलव बरावर शुल्क लिन पाउनुपर्ने र यसो भएमा कामदारले अनिवार्य म्यानपावर कम्पनीको खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने समेत उल्लेख थियो ।

फोरमले गत मंगलबार प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालसँग गरेको संयुक्त अन्तरक्रिया गरेको थियो  । सो अन्तरक्रिया पछि पनि मंचले आफ्नो स्पस्ट धारणा नल्याएको भन्दै व्यवसायी रुष्ट बन्दै आएका छन् ।  

सरकारले म्यानपावर कम्पनीको धरौटी ६ करोड पुर्याउने गरि बैदेशिक रोजगार ऐन संसोधन प्रक्रिया अगाडी बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै