२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघलाई २ करोड धरौटीको पस्ताव फिर्ता लिन फोरमको अल्टिमेटम

२८ भाद्र २०७५, बिहीबार १३:५०

भदौ २८, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले म्यानपावर व्यवसायीको भेलाले पारित गरेको संकल्प पस्ताव विपरित व्यवसायी संघले धरौटी रकम २ करोड पुर्याउने पस्ताव गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमको आज बसेको बैठकले आवश्यक भए म्यानपावरको धरौटी २ करोड बनाउन सकिने गरि नेपाल बैदेशिक रोजगार व्यवसायी सघले पस्ताव गरि प्रचार प्रचार गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।   

संघ मार्फत धरौटी नबढाउने माग गरि अगाडी बढ्न आगामी सोमबारसम्मको डेट लाईन सहितको पत्र काट्ने निर्णय फोरमको बैठकले गरेको छ । साथै बैठकले तत्काल म्यानपावर व्यवसायीको भेला बोलाइ भेलाको निर्णय अनुसार अगाडी बढ्ने जनाएको छ । संघले व्यवसायीका सामु आम माफि माग्नुपर्ने फोरमले माग गरेको छ।

यसअघि व्यवसायी संघले श्रम मन्त्री गोकर्ण बिष्टलाई भेटेर धरौटी नगद एक करोड र बैंक ग्यारेन्टी एक करोड गर्ने र त्यसका लागि एक वर्षको समय दिनुपर्ने माग गरेको थियो । त्यसैगरी संघले पत्रमा धरौटी राखेको रकमको ब्याज व्यवसायीको बैंक खातामा आउने व्यवस्था गरिदिन पनि आग्रह गरेको थियो । यस्तै पत्रमा म्यानपावर कम्पनी एक आपसमा गाभ्ने प्रक्रियाको विकल्प दिन माग गर्दै संघले सरकारले तोकेको फ्रि भीषा फ्रि टिकटको निर्णय पनि परिवर्तन गरी कामदारले पाउने एक महिनाको तलव बरावर शुल्क लिन पाउनुपर्ने र यसो भएमा कामदारले अनिवार्य म्यानपावर कम्पनीको खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने समेत उल्लेख थियो ।

फोरमले गत मंगलबार प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालसँग गरेको संयुक्त अन्तरक्रिया गरेको थियो  । सो अन्तरक्रिया पछि पनि मंचले आफ्नो स्पस्ट धारणा नल्याएको भन्दै व्यवसायी रुष्ट बन्दै आएका छन् ।  

सरकारले म्यानपावर कम्पनीको धरौटी ६ करोड पुर्याउने गरि बैदेशिक रोजगार ऐन संसोधन प्रक्रिया अगाडी बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान