२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा सरकारी संयन्त्र मार्फत कामदार आपूर्ति व्यवस्था मिलाउन मन्त्री विष्टको पस्ताव

२०७५, २ आश्विन मंगलवार १३:२०

असोज २,काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहमद अल हेललाई आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज भएको भेटमा मन्त्री विष्टले दुई देश विच सरकारी संयन्त्र तयार गरि कामदार आपूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री विष्टले कतारमा कामदारहरु शून्य लागतमा पठाउने व्यवस्था गरि नेपाली श्रमिकहरुलाई २४ सै घण्टाको कभरेज हुनेगरी बीमा सुविधा उपलब्ध गराउनुपर्ने जोड दिएका छन् । यसका लागि नेपालको तर्फवाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा व्यक्त गरे । 

भेटका अवसरमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र संभावना बारे विस्तृत छलफल भएको छ । उक्त अवसरमा कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारहरुको वीमा लगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा केन्द्रित भएको श्रम मन्त्रालयले जनाएको छ । आगामी दिनमा दुई देशबीच उच्च स्तरीय सम्झौता गरी श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

भेटकै अवसरमा महामहिम राजदुतले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको, सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको बताएका छन् । कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकोले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउन मन्त्री विष्टको ध्यानाकर्षण गराएका छन् । राजदुत हेलले कामदारको सुरक्षाको विषयमा कतार सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने बताए । 

कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको बताए । कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी कतार सरकार र नेपाल सरकार वीच नयाँ ढंगाले श्रम सम्झौता गरी कार्य अघि बढाउनु पर्नेमा मन्त्री विष्टले जोड दिए । साथै मन्त्री विष्टले कतारमा नेपाली श्रमिकले पाउँदै आएको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै