२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारसँग शून्य लागतमा कामदार आपूर्ति गराउन आग्रह

२०७५, २ आश्विन मंगलवार १६:४७

असोज २, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गर्नुभएको छ । 

आज मन्त्रालयमा भएको मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा उहाँले कतारमा कार्यतर नेपाली कामदारलाई २४सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाली कामदारको विषयमा छलफल गर्न नेपालको तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा गर्नुभएको मन्त्रालयले जनाएको छ । 

भेटका अवसरमा उहाँहरुबीच नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको थियो । 

कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारको बीमालगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा र आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरी श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमासमेत उहाँहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ । 

माथिको तश्विरमा: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि कतारका राजदूत महमद युशुफ । साथमा मन्त्रालयका सचिव महेशप्रसाद दहाल । तस्बिर सौजन्यः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 

सो क्रममा मन्त्री विष्टले कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको दोहोर्यानुभएको थियो । उहाँले कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी नेपाल र कतारबीच नयाँ ढङ्गाले श्रम सम्झौता गरी कार्य अघि बढाउनुपर्ने बताउनुभएको थियो । 

भेटका क्रममा राजदूत युशुफले शून्य लागतमा कामदार आपूर्ति गर्ने विषयमा कतार सरकार सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको र कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकाले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउने नेपाल सरकारलाई आग्रह गर्नुभएको थियो । राजदूत युशुफले नेपाली कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने बताउनुभएको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै