२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा गोली चल्दा एक नेपालीको मृत्यु, अर्का एक घाइते

२०७५, ६ आश्विन शनिबार ०६:०१

असोज ६, काठमाडौं | अमेरिकाको मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपाली युवतीको मृत्यु भएको छ। भने एक युवक घाइते भएका छन्।

मृत्यु हुनेमा ४१ वर्षीया वृन्दा गिरी रहेको छिन्, भने घाइते अर्का नेपाली पूर्ण आचार्यरहेका छन्। बिहीबार भएको घटनामा गिरीसहित अन्य तीनजनाले ज्यान गुमाएका छन् । तीनजना घाइते भएका छन्।

स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरेको समाचारमा उल्लेख छ। हतियारधारी महिलाको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीएनएनले लेखेको छ।

बाल्टिमोर सन अनलाइनले नेपालकी वृन्दा गिरी दुई सान्तानकी आमा भएको लेखेको छ। उनी केही महिना अघिमात्र नेपालबाट त्यहाँ पुगेको समाचारमा उल्लेख छ। उनका श्रीमान काशिराम गिरी ६ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका थिए र हालै श्रीमतीलाई अमेरिका लगेका थिए।

बाल्टिमोरकै शिक्षक ह्यारी भण्डारीलाई उद्‍धृत गर्दै गिरी १६ वर्षीय छोरी र ११ वर्षीय छोरासहित गत मे महिनामा अमेरिका गएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै