२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदूर

२०७५, १३ आश्विन शनिबार १४:३४

सिवी अधिकारी | असोज १३, क्वालालम्पुर, मलेसिया (रासस) | वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । 

तिनैमध्येका एक हुनुहुन्छ, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत हुनुहुन्छ । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा रु १६ लाखभन्दा बढी कमाउनुहुन्छ । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्नुहुन्छ क्षेत्री । 

“इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महीनामा तलब मात्र रु १५ लाख हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ ।” चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्नुहुन्छ । 

शुरुमा चेन होटल सेराटनमा सेवा गर्नुभएका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत सात वर्षदेखि कार्यरत हुनुहुन्छ । होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउछन् । होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उहाँ भन्नुहुन्छ, यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरु हुनुहुन्छ । उहाँहरुसँग मिलेर नेपालमै केही गरौँ की भन्ने सोचाइ पनि छ ।” 

नेपालमै उच्च शिक्षा लिनुभएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गर्नुभयो । क्षेत्रीलाई पहिला पढ्नै पर्ला जस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । “नेपालमा पर्यटनको भविष्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिनसक्छौँ”, उहाँको भनाइ छ । 

कमाइसँगै रोजगारी पनि 

क्वालालम्पुरमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बार सञ्चालन गर्नुहुन्छ । यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् । व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाउनुभएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सुझाउनुहुन्छ । 

काठमाडौँका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउनुहुन्छ । शुरुमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाउनुभएका उहाँको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उहाँजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट एक लाख लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाउनुभएका उहाँ शुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताउनुहुन्छ । 

सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्राण्डमा काम गर्नुहुन्छ । हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहानले भन्नुहुन्छ, “समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको एक लाख जति कमाइ गर्छन् ।” 

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली हुनुहुन्छ भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत हुनुहुन्छ । 

मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन् ।यहाँको फम कम्पनीमा पाण्डे अप्रेटरको रुपमा काम गर्नुहुन्छ । कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बङ्गालीमध्ये २०० नेपाली नै छन् । यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महीनामा रु दुई लाख पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ । 

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्नुहुन्छ । काम राम्रो चलेका बेला महीनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन। करीब १८ सय मजदूर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजारको सङ्ख्यामा कार्यरत छन् । नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ ।विश्व पर्यटनको आकर्षणको रुपमा रहेको मलेसियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा तीन करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पुर्याउने मलेसियाको लक्ष्य रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै