२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार मलेसिया लैजाने प्रक्रिया सुचारु हुने मिति तय गरियो

२०७५, २८ आश्विन आईतवार १०:१२

असोज २८, काठमाडौं । गत जेठदेखि बन्द रहेको मलेसियामा नेपाली कामदार लैजाने प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ।

यसक लागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक ११ गते नेपाल आउने निश्चित भएपछी संझौता हुने देखिएको हो |  कुलसागरन र नेपालका श्रम रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच कार्तिक १२ गते हस्तारक्षर हुने कार्यक्रम तय भएको छ।

हस्तक्षर भएसंगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । 

यही आसोज १२ गते नेपाली कामदारले रोजगारीका लागि मलेसिया जान लाग्ने भिषा संबन्धी सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी मस्यौदा पत्रमा सहमति जुटेको थियो। यो सहमतिसंगै कामदारले मलेसिया जान खर्चदै आएको करिब १ लाख रुपैयाँ जोगिने छ।

समझदारीमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति छ।यमओयुमा हस्तारक्षर भएपछि नेपालसरकारले मान्यता दिएका जुनसुकै स्वास्थ संस्थाबाट गरिएको मेडिकल परीक्षणले मान्यता पाउनेछ।

स्वास्थ परीक्षण, भिषा प्रोसेसिङ लगायतका कार्यमा केही सस्थाले कामदारमाथि आर्थिक शोषण गरिरहेको भन्दै सरकारले गत जेठदेखि सरकारले मलेशिया कामदार पठाउने सबै प्रक्रिया रोकेको थियो।

मेडिलक गर्न भिसा प्रकृया अगाडि वढाउन भन्दै बायोम्याट्रिक, भिएलएन, माइग्रामलगायतका कम्पनीले कामदारमाथि शोषण गर्दै सिण्डिकेट खडा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै