२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबार मलेसिया र नेपालबीच श्रम सम्झौता हुँदै, म्यानपावरलाई आधा महिनाको तलब

९ कार्तिक २०७५, शुक्रबार ०७:५६

कात्तिक ९, काठमाडौँ | लामो समयदेखि बन्द भएको मलेसियासंगको श्रम गन्तव्य पुन: सूचारु हुने भएको छ । जसको लागि सोमबार मलेसिया र नेपालबीच मन्त्री स्तरीय सम्झौता हुँदैछ । कात्तिक १२ गते सोमबार हुने सम्झौताको लागि नेपालसंगको समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासागरन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११ गते आइतबार नेपाल आउँदै हुनुहुन्छ ।

१२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुने कार्यक्रम रहेपनि प्रक्रिया पुरा गरेर मलेसियाको लागि श्रम स्वीकृतिको बाटो भने कात्तिक अन्त्यबाट मात्र खुल्ने बताइएको छ । सम्झौता पछि कात्तिक अन्तिमदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने मन्त्रालय स्रोतले जनाएको छ । १२ गते नेपाल र मलेसियाबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भए पनि आवश्यक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले कात्तिक अन्तिमदेखि मात्र श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जनाएको छ ।

नेपाल-मलेसिया श्रमसम्बन्धि एमओयूको मस्यौदमा गत महिना असोज १२ गते नै दुई देशबीच सहमति जुटिसकेको छ । जसमा मलेसिया जान नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने, नेपाली कामदार लिए बापत म्यानपावर कम्पनीलाई सम्बन्धित कम्पनीले नै सेवा शुल्क वापत आधा महिनाको तलब दिने लगायतका सम्झौता भएका थिए । 

त्यस्तै नयाँ सम्झौता पछि नेपालबाट कामदारको रुपमा मलेसिया जाने कामदारको करार अवधि पनि १ बर्ष घटेर २ वर्षको मात्रै हुनेछ । यस अघि ३ बर्षको करार हुँदा कामदारलाई र उसको परिवारलाई समस्या हुने गरेको, घरबार बिग्रने गरेको जस्ता बिषय आएका थिए ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने छन् । यसअघि स्वास्थ्य परीक्षण, लेबी, टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया पूरा गर्दा मलेसिया जाने नेपाली कामदारले ठूलो आर्थिक भार व्यहोर्नु परेको थियो । अब भने यस्ता शुल्कहरु समेत रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्नेछ । पहिले मेडिकलमा सिन्डिकेट रहेकोमा अब त्यसो हुने छैन । अब सरकारी मान्यता प्राप्त र पूर्वाधार पूरा भएको जुनसुकै स्वास्थ्य संस्थाबाट मलेसिया जाने कामदारले मेडिकल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान