२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबार मलेसिया र नेपालबीच श्रम सम्झौता हुँदै, म्यानपावरलाई आधा महिनाको तलब

२०७५, ९ कार्तिक शुक्रबार ०७:५६

कात्तिक ९, काठमाडौँ | लामो समयदेखि बन्द भएको मलेसियासंगको श्रम गन्तव्य पुन: सूचारु हुने भएको छ । जसको लागि सोमबार मलेसिया र नेपालबीच मन्त्री स्तरीय सम्झौता हुँदैछ । कात्तिक १२ गते सोमबार हुने सम्झौताको लागि नेपालसंगको समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासागरन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११ गते आइतबार नेपाल आउँदै हुनुहुन्छ ।

१२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुने कार्यक्रम रहेपनि प्रक्रिया पुरा गरेर मलेसियाको लागि श्रम स्वीकृतिको बाटो भने कात्तिक अन्त्यबाट मात्र खुल्ने बताइएको छ । सम्झौता पछि कात्तिक अन्तिमदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने मन्त्रालय स्रोतले जनाएको छ । १२ गते नेपाल र मलेसियाबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भए पनि आवश्यक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले कात्तिक अन्तिमदेखि मात्र श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जनाएको छ ।

नेपाल-मलेसिया श्रमसम्बन्धि एमओयूको मस्यौदमा गत महिना असोज १२ गते नै दुई देशबीच सहमति जुटिसकेको छ । जसमा मलेसिया जान नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने, नेपाली कामदार लिए बापत म्यानपावर कम्पनीलाई सम्बन्धित कम्पनीले नै सेवा शुल्क वापत आधा महिनाको तलब दिने लगायतका सम्झौता भएका थिए । 

त्यस्तै नयाँ सम्झौता पछि नेपालबाट कामदारको रुपमा मलेसिया जाने कामदारको करार अवधि पनि १ बर्ष घटेर २ वर्षको मात्रै हुनेछ । यस अघि ३ बर्षको करार हुँदा कामदारलाई र उसको परिवारलाई समस्या हुने गरेको, घरबार बिग्रने गरेको जस्ता बिषय आएका थिए ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने छन् । यसअघि स्वास्थ्य परीक्षण, लेबी, टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया पूरा गर्दा मलेसिया जाने नेपाली कामदारले ठूलो आर्थिक भार व्यहोर्नु परेको थियो । अब भने यस्ता शुल्कहरु समेत रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्नेछ । पहिले मेडिकलमा सिन्डिकेट रहेकोमा अब त्यसो हुने छैन । अब सरकारी मान्यता प्राप्त र पूर्वाधार पूरा भएको जुनसुकै स्वास्थ्य संस्थाबाट मलेसिया जाने कामदारले मेडिकल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै