२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलम्बो प्रोसेसको उच्चस्तरीय बैठक २९ र ३० गते काठमाडौंमा बस्दै

२०७५, २६ कार्तिक सोमबार ११:५२

कात्तिक २६, काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मन्चको रुपमा रहेको  कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय र मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा बस्ने तय भएको छ । कात्तिक २९ र ३० गते बस्ने बैठकको लागि आवश्यक तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामसहितका १२ वटा देश रहेका छन्। 

बैठकमा अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श हुनुका साथै वैदेशिक कामदारको हक अधिकारको प्रवर्द्धन, सेवा र सुविधा संरक्षणको विषयमा विभिन्न देशले रिपोर्ट पेश गर्ने कार्यक्रम रहेको श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जानकारी दिए । बैठकमा अतिरिक्त नयाँ गन्तब्य बजारको खोजी, विप्रषणको वैधानिक प्रवाहको बढात्तरीलगायतका विषयमा विचार विमर्श हुने सचिव दाहालले बताए । 

२९ गते कोलम्बो प्रोसेसको छैठौं बैठक बस्ने कार्यतालिका रहेको छ भने कात्तिक ३० गते सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय परामर्श बैठक बस्नेछ। मन्त्रिस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको छ। प्रतेक २/२ वर्षमा कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक बस्दै आएको छ  । नेपालले २०१७ मार्च २९ देखि यसको अध्यक्षता गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै