२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै कोलम्बो प्रोसेसको बैठक सम्पन्न

२०७५, ३० कार्तिक शुक्रबार १५:०३

मनोज पराजुली , कात्तिक ३०, काठमाडौं । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय तथा ५औं उच्च अधिकारीस्तरीय बैठक २७ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ । 'सुरक्षित, व्यवस्थित र नियमित आप्रवाशन सबैका लागि समान लाभ' भन्ने मूल नाराका साथ २ दिनसम्म राजधानीमा चलेको बैठकले कामदारको हितमा सहकार्य गरि अगाडी बढ्ने सहमति गर्दै २७ बुंदे काठमाडौं घोषणापत्र जारी गरेको हो ।


काठमाडौं घोषणापत्रमा आगामी दिनमा सदस्य राष्ट्रहरुको योगदानमा आधारित खर्च व्यवस्थापन प्रणाली बाटै निरन्तरता दिने र हाल कार्यरत ५ विषयगत कार्य समूहमा थप ४ कार्यक्रम थप गर्ने निर्णय भएको श्रम मन्त्रलायका सचिव महेशप्रसाद दाहालले जानकारी दिए । थप कार्य समूहहरुमा बैदेशिक रोजगारीमा गएका कामदारहरुको स्वास्थ्य, श्रम आप्रवाशनसँग सम्बन्धित दीगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी महिला श्रमिकको समान अधिकारको प्रवर्धन र आप्रवाशी श्रमिकका लागि कन्सुलर सेवा थप गरिने सचिव दाहालले बताए । कोलम्बो प्रोसेसको प्रगतिको प्राविधिक सहयोग युनिट मार्फत नियमित अनुगमन गर्ने समझदारी भएको दाहालले बताए । 

बैठकले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको भर्ना तथा छनौट प्रक्रियामा लाग्ने लागत कम गर्ने,सामाजिक सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्ने र अन्तराष्ट्रिय श्रम कानूनले व्यवस्था गरे अनुसारका श्रमिकका अधिकारको यथोचित सम्बोधन हुनुपर्ने लगायतका विषयहरुमा सहकार्यका लागि सहमति गरेको छ । बैठकले गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्दा अपनाउन सकिने आधारहरु समेटिएको एक अन्तरसरकारी श्रम आप्रवाशन निर्देशिकाको सम्बन्धमा समेत छलफल भई आगामी दिनमा सबैलाई स्वीकार्य हुनेगरि दस्तावेजमा परिमार्जन गर्दै लैजाने सहमति भएको छ । बैठकबाट पारित गरिएका निर्णयलाई विश्व श्रम आप्रवासनलाई निर्देशित गर्ने जिसिएम (सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसंघले थालेको आप्रवासनका लागि विश्वव्यापी साझा अभियान) मा समावेश गरिने भएको छ । 

बैठकमा कामदारलाई कसरी सीपयुक्त बनाउने भन्ने विषयमा श्रीलङ्काले, कामदार भर्तीलाई पारदर्शी बनाउने विषयमा बंगलादेशले, रेमिट्यान्सलाई कसरी वैधानिक बाटोबाट भित्र्याएर उत्पादनमूलक क्षेत्रमा लगाउने बारेमा पाकिस्तानले, नयाँ गन्तव्य देश खोज्ने र कामदार भित्र्याउने विषयमा थाइल्याण्डले र विदेश प्रस्थान पुर्व कामदारको क्षमता विकासका बारेमा फिलिपिन्सले गरेको अध्ययन प्रतिवेदन माथि छलफल भएको थियो ।

कोलम्बो प्रोसेसमा सहभागी राष्ट्रहरुले विश्वको करिव आधा जनसंख्याको प्रतिनिधित्व गर्ने तथा बैदेशिक रोजगारको ३० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । वैदेशिक रोजगारमा श्रमिक आपूर्तिकर्ता १२ राष्ट्रहरुको संगठन कोलम्बो प्रोसेसको आगामी बैठक सन् २०२० मा गर्ने निर्णय गरेपनि कहाँ गर्ने भन्ने टुंगो लाग्न सकेन । सन् २०१९ मार्च सम्म नेपालले अध्यक्षता गर्ने समय बाँकि रहेको र त्यस अवधिमा अब कसले नेतृत्व लिने भन्ने विषय टुंगो लाग्ने सचिव दाहालले बताए । 


बैठकको अध्यक्षता गरेका श्रममन्त्री गोकर्ण विष्टले बैठकमा बैदेशिक रोजगारीलाई अधिकारमा आधारित बनाई विशेषगरी न्यून सिप भएका र अदक्ष कामदार, महिला र घरेलु कामदारले भोग्नुपर्ने जोखिम न्युनिकरण गर्न बैठकमा सहभागी राष्ट्रविच हातेमालो हुनुपर्नेमा जोड दिएका थिए । श्रमिकले उत्पत्तिको मुलुकमा भनिएभन्दा फरक काम गर्नुपर्ने, स्वास्थ्य समस्यामा पर्दा उपचार नपाउने लगायतका समस्या हल गर्न श्रमिक पठाउने मुलुकहरुबीच एकमत हुनुपर्ने धारणा राखेका थिए । 

बैठकमा श्रमिक पठाउने मुलुकहरुका मन्त्रीहरु, सचिव तथा उच्च पदस्थ सरकारी अधिकारीहरु सहभागी रहेका थिए । कोलम्बो प्रोसेसमा नेपालसहित भारत,पाकिस्तान,अफगानिस्तान,बंगलादेश,कम्बोडिया,चीन, इन्डोनेशिया,फिलिपिन्स, श्रीलंका,थाइल्याण्ड र भियतनाम गरी १२ देश र ८ पर्यवेक्षक राष्ट्र आवद्ध छन् ।   बैठकमा कोलम्बो प्रोसेसका संवाद साझेदार स्वीस अन्तराष्ट्रिय विकास सहायता निकाय,सार्क,एसियाली आप्रवाशन मंच्च लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता