पीडितः मन्त्रीज्यू, मेरो श्रीमान् साउदी अरबमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पीडितः मन्त्रीज्यू, मेरो श्रीमान् साउदी अरबमा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडितको गुनासो सुनेपछि मन्त्री विष्टले भन्नुभयो : पीडकलाई तत्काल कारवाही गर्नुहोस्

५ मंसिर २०७५, बुधबार १५:५१

अशोक घिमिरे, काठमाडाँ, ५ मङ्सिर  

स्थान : वैदेशिक रोजगार विभागको कार्यालय, बुद्धनगर । 


पीडितः मन्त्रीज्यू, मेरो श्रीमान् साउदी अरबमा अलपत्र पर्नुभएको छ, जतिसक्दो छिटो उद्धार गर्न मेनवापवर कम्पनीले झुलाइरहेको छ । एक हप्ता÷एक हप्ता भन्दै झुलाएको छ महीना बढी भइसक्यो । 

मन्त्री : पठाउने कुन मेनपावर हो ? 

पीडित : इनोभेटिभ मेनपावर कम्पनी । 

मन्त्री : विभागमा निवेदन दिनुभयो । 

पीडित : निवेदन दिएको महीना दिन भइसक्यो । 

मन्त्री : (मेनपावर कम्पनीको प्रतिनिधिसँग), पीडितलाई कहिलेसम्म नेपाल झिकाउनुहुन्छ ? 

म्यानपावरका प्रतिनिधि : एक महीनाको समय लाग्छ, सो समयभित्र पीडितलाई नेपाल झिकाउँछु । 

पीडित ; एक महीना भन्दाभन्दा धेरै नै भइसक्यो, मेरो श्रीमान् साउदीमा घाइते अवस्थामा हुनुहुन्छ । जतिसक्दो चाडो नेपाल ल्याइदिनुपर्यो । 

मन्त्री : (म्यानपावरका प्रतिनिधिलाई) तपाईँले कति दिनभित्र पीडितलाई नेपाल झिकाउनुहुन्छ, समय दिनुस्, जतिसक्दो चाँडो उहाँलाई नेपाल ल्याउनुस् नभए तपाईंलाई कडा कारवाही हुन्छ । 

मेनपावर प्रतिनिधि : एक महीनाभित्र झिकाउँछु । 

मन्त्री ; किन एक महीना ? नाबालकसहित आएको पीडितलाई सहयोग गर्नुपर्दैन ? अलिकति भए पनि माववीयता छैन ? (मेनपावरका प्रतिनिधि केही कुरा गर्न खोज्दै) अरु बेसी कुरा होइन… 

मन्त्री : (विभागका कर्मचारीलाई निर्देशन दिँदै) यो निवेदनलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनूस् । 


चितवनकी पूजा तामाङ एक वर्षको दूधे बालक च्यापेर साउदी अरबमा दुर्घटनामा परी घाइते भएका श्रीमान्को उद्धारका लागि अनुरोध गर्न विभागमा पुग्नुभएको थियो । उहाँका श्रीमान जैमन गुरुङ साउदी अरबमा काम गर्दागर्दै दुर्घटनमा परी गम्भीर घाइते हुनुभएको थियो । विभागले छलफलका लागि मेनपावर व्यवसायी र पीडितलाई बोलाएको अवस्थामा आकस्मिक निरीक्षणमा पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएको संवादको अंश हो । सो क्रममा मन्त्री विष्टले विभागका पदाधिकारीलाई तत्काल उक्त मेनपावर कम्पनीलाई कारवाही गर्न निर्देशन दिनुभयो । 

काठमाडौँका राजेश गुरुङ पनि तीन महीनादेखि साउदी अरबमा अलपत्र परेका आफ्नो भाइको उद्धारका लागि विभागमा आउनुभएको थियो । उहाँ पनि मेनवापर कम्पनीले आज झिकाउँछु, भोलि झिकाउँछु भन्दै महीनौँ टारेको भन्दै मन्त्री विष्टसँग तत्काल उद्धारका लागि पहल गरिदिन आग्रह गर्दै हुनुहुन्थ्यो । 

त्यस्तै बाग्लुङका इन्द्र कार्की रसिया पुर्याईदिने भन्दै दलालले आफूलाई ठगेको उजुरी दिन आज विभागमा आउनुभएको थियो । उहाँले राम्रो काम र कमाइको लोभमा रसिया जानका लागि दलाललाई रु पाँच लाख ७१ हजार बुझाउनुभएको बताउनुभयो । दुई दिन/चार दिनमा रसिया उडाउँछु भन्दै दलालले पैसा खाएर भागेको विभागमा गुनासो गर्दै हुनुहुन्थ्यो । 

यी पात्र र घटना प्रतिनिधिमूलक हुन् । विभागमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको, विदेशमा अलपत्र परेको, करारपत्र अनुसारको सेवा सुविधा नपाएको भन्दै उजुरी गर्नेको भीड निकै देख्न सकिन्छ । 

अनुगमनका क्रममा मन्त्री विष्टले मेनपावर व्यवसायीको ठगी अन्त्य गर्न युद्धस्तरमा अनुगनमन गर्नुपर्नेमा जोड दिँदै गलत काम गर्नेलाई सरकारले कुनै पनि हातलमा नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्नेलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण दिनुपर्छ, जनतालाई मुलुकमा सरकार छ भन्ने अनुभूति हुनुपर्छ । आम जनतालाई राज्यको प्रतिविम्ब हुने गरी अनुगमनलाई प्रभावकारी बनाइनुपर्छ ।” 

विभागमा परेका उजुरी फछ्र्योट गरी तत्काल पीडितलाई उचित न्याय दिन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “पीडितलाई न्याय दिने सिलसिलामा तपाईंहरु कहीँपनि अल्झिनु जरुरी छैन, मिलापत्रका नाममा पीडितले कम क्षतिपूर्ति पाउने अवस्था हुनु हुँदैन, पीडितको माग दाबीअनुसार विलम्ब नगरी मुद्दा चलाउनुस् ।” व्यक्तिगत ठगीको उजुरीको जिल्लागत विवरण तयार गर्न आग्रह गर्दै उहाँले गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पत्राचार गरी त्यस्ता ठगीमा संलग्नलाई नियन्त्रणमा लिइने बताउनुभयो । 

मन्त्री विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आत्मविश्वास, आत्मसम्मान र सदाचारका साथ जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले विगतमा विवादित देखिएको वैदेशिक रोजगारीलाई सुधार्न विभागको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । 

अनुगमनकै सिलसिलामा क्रममा विभाग पुग्नुभएका श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहालले विभागको कामकारबाहीलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न तयार रहेको प्रष्ट पार्नुभयो । 

सो अवसरमा विभागका महानिर्देशक दिलीप चापागाईंले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सुधारका पक्षमा धेरै कदम चालिएको बताउनुभयो । चालु आवको कात्तिक मसान्तसम्म विभागमा संस्थागततर्फ ४३४ र व्यक्तिगततर्फ ३४१ विभिन्न ठगीसम्बन्धी उजुरी परेको छ । संस्थगततर्फ रु १५ करोड ११ लाख १७ हजार बिगो मागदाबीसहित विभागमा उजुरी परेको छ भने व्यक्तिगततर्फ रु १७ करोड ५३ लाख ७४ हजार दाबी गर्दै उजुरी परेको विभागले जनाएको छ । 

आव २०७३/०७४ मा संस्थागत उजुरी एक हजार ४५२, आव २०७४/०७५ मा एक हजार २० तथा व्यक्तिगततर्फ आव २०७३/०७४ मा ९३१ र आव २०७४/०७५ मा एक हजार १०९ उजुरी परेको थियो । 

आव २०७३/०७४ मा संस्थागत उजुरीतर्फ रु ४३ करोड ६० लाख ६५ हजार क्षतिपूर्ति दाबी गरिएकामा ६८७ उजुरीको फरफारक गर्दै विभागले पीडितलाई रु नौ करोड तीन लाख १४ हजार क्षतिपूर्ति भराएको थियो । आव २०७४/०७५ मा संस्थागततर्फ रु ७६ करोड ८३ लाख ६१ करोड क्षतिपूर्ति दाबी गरिएकामा विभागले ८३२ उजुरीको फरफारक गरी पीडितलाई रु रु ४९ करोड ५४ लाख ४९ हजार क्षतिपूर्ति भराएको थियो । 

व्यक्तिगततर्फ आव २०७३/७४ रु २८ करोड १७ लाख ७६ हजार दाबी रकममध्ये १५९ मुद्दाको टुङ्गो लगाउँदै विभागले पीडितलाई रु छ करोड ९१ लाख तीन हजार क्षतिपूर्ति भराएको थियो । आव २०७४/०७५तर्फ रु १७ करोड ३७ लाख १० हजार दाबी गरिएकामा विभागले पीडितलाई रु तीन करोड ५५ लाख ११ हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो । 

विभागले संस्थागत उजुरी परेमा निवेदन लिई २४ घन्टामा सम्बन्धित मेनपावर कम्पनीलाई विभागमा बोलाउने, दुवै पक्षबीच आपसी छलफल गराउने, दुवै पक्षबीच सहमति नभएमा क्षतिपूर्ति एकीन गर्ने, मेनपावर कम्पनीले क्षतिपूर्ति नतिरेमा धरौटीबाट कट्टा गरी जरिवाना गरी पीडितलाई क्षतिपूर्ति भराउँदै आएको छ । 

व्यक्तिगत उजुरीतर्फ जाहेरी लिने, अनुसन्धान अधिकृत तोक्ने र अनुसन्धान अधिकृतले पक्राउ पुर्जी जारी गर्ने तथा अनुसन्धान अधिकृतले सरकारी वकीलको राय लिई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरी पीडितलाई न्याय प्रदान गरिँदै आएको विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिनुभयो ।(रासस) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट