२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी संघले भन्यो: मलेसिया कलिङ भिषा आएकाको श्रम स्वीकृति खोल्नु

२०७५, ११ मंसिर मंगलवार १३:०८

मंसिर ११, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको लागि कलिंग भिषा आएका कामदारलाई एक हप्ता भित्र श्रम स्वीकृति प्रदान गर्नको लागि सरकारलाई अनुरोध गरेको छ । संघले आज एक प्रेस विज्ञप्ति जारी  गर्दै आगामी मंसिर १९ गतेभित्र मलेसियाको कलिङ भिषा प्राप्त गरेका कामदारको श्रम स्वीकृति खुला गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो । 

संघले मंसिर १९ सम्म पनि माग सुनुवाई नभएको खण्डमा कलिङ भिषा प्राप्त कामदारहरुको भिषा स्टायाम्पिङ गर्ने प्रक्रिया अगाडी बढाउन, पुर्व र अन्तिम श्रम स्वीकृति पेश गर्न सबै व्यवसायीहरुलाई आह्वान गर्न बाध्य हुने जनाएको छ । 

मलेसिया सरकार र नेपाल सरकार विच श्रम समझदारी भई मलेसिया पठाउने बाटो खुला गरेको र सम्झौता अनुसार गठित संयुक्त्त कार्यदलको पहिलो बैठकले समेत कामदार पठाउने निर्णय गरेको भन्दै कामदार रोकिनु ठिक नभएको संघले जनाएको छ । 

नेपाल र मलेसिया विच गत कार्तिक १२ गते श्रम समझदारी पत्रमा हस्ताक्ष्रर भएको थियो । गत जेठ ३ गते श्रम मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि चर्को असुली भइरहेको भन्दै भिएलएन, बायोमेट्रिक,ओएसजी, जिएससी र माइग्राम खारेजको घोषणा गरेका थिए । सो पश्च्यात मलेसियाको श्रम स्वीकृति खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै