२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया गएका झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार प्रभावित हुनसक्ने, यस्तो छ कारण

२९ मंसिर २०७५, शनिबार १४:५३

मङ्सिर २९, काठमाडौं । मलेसियाले आफ्नो देशमा कार्यरत विदेशी कामदारको न्युनतम् तलव २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ । 

मानव संशाधनमन्त्री एम कुलेसागरनले कामदार ल्याउन रोजगारदाताले रकम खर्चिनु पर्ने भएकाले न्युनतम् तलव घटाउनुपर्ने प्रस्ताव राखेका हुन् । मन्त्री कुलेसागरनले केही समयअघि मात्र नेपालसँग कामदार लैजाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति गरेका थिए ।

यसले नेपाली कामदारहरु निःशुल्क रुपमा रोजगारीका लागि मलेसिया जान पाउने भएका थिए । तर, नेपालसँग भएको सहमति कार्यान्वयन नहुँदै विदेशी कामदारलाई न्यूनमत तलब कटौतीको प्रस्ताव राखेका छन्, जसले मलेसिया जाने नेपाली कामदारहरु फेरि मारमा पर्ने देखिएको छ ।


यसरी न्यनतम तलबमै २० प्रतिशत काटौती भए कार्यरत झण्डै ४ लाख भन्दा बढी नेपाली कामदार प्रभावित हुनेछन् ।

‘प्रस्ताव नेशनल लेबर एड्भाइजरी काउन्सिल (एनएलएसी) मा दर्ता गरेका छौं र निर्णय हुनुअघि सरोकारवालासँग खला छलफल गर्दैछौं’ मानव संशाधनमन्त्री कुलेसागरनले भनेका छन् ।

यो प्रस्तावले रोजगारदाता र कामदार दुबैको जित हुने उनको तर्क छ । उनका अनुसार यसरी कटौती गरिने तलब समाजिक सुरक्षा संगठनमा राखिनेछ र श्रम इजाजत सकिएपछि फर्किनेबेलामा दिइनेछ ।

यस्तै व्यवस्था गरेर कोरिया र जापानका उद्योगले कामदार भाग्नबाट रोक्ने गरेको उदाहरण पनि उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान