२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा गैरकानुनी कामलाई स्वीकार गर्न सकिन्न : मन्त्री बिष्ट

३ पुष २०७५, मंगलवार ०९:४३

पुस ३,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीको क्षेत्रमा सुधार गर्नका लागि कसैको दवाब स्वीकार नगर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवशको अवसरमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तरक्रियालाई संवोधन गर्दै मन्त्री विष्टले दबाब दिने र दवावको गलत प्रचार गर्नुको कुनै तुक नभएको बताए । 

बैदेशिक रोजगारका क्षेत्रमा जुन प्रकारका अपारदर्शी खेल र प्रयत्न विगतमा जारी रहे अब त्यो प्रकारको अवस्थाले देश भित्र र बाहिर प्रसय पाउने अवस्था रहँदैन मन्त्री विष्टले भने "अदृश्य, अपारदर्शी र गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न ।"

अब आम जनता र राष्ट्रको हितका लागि काम गर्न कसैले रोक्न सक्दैन मन्त्री विष्टले भने "सरकार सुधारको बाटोमा होइन राजमार्ग बनाएर हिंड्न चाहन्छ।" आम जनताको हितका लागि काम गर्दा विभेदकारी संजाल, संयन्त्र हावी बन्ने र सुधार रोक्न अनेकन प्रयत्न हुने गरेको मन्त्री विष्टले बताए ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न आवश्यक कानुनी सुधार गर्न सरकार तयार रहेको उनले बताए । श्रमिकले आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउन प्रतिवद्द रहेको र त्यसका लागि दवाव झेल्न तयार रहेको बताए।

सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान