२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा गैरकानुनी कामलाई स्वीकार गर्न सकिन्न : मन्त्री बिष्ट

२०७५, ३ पुष मंगलवार ०९:४३

पुस ३,काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीको क्षेत्रमा सुधार गर्नका लागि कसैको दवाब स्वीकार नगर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवशको अवसरमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तरक्रियालाई संवोधन गर्दै मन्त्री विष्टले दबाब दिने र दवावको गलत प्रचार गर्नुको कुनै तुक नभएको बताए । 

बैदेशिक रोजगारका क्षेत्रमा जुन प्रकारका अपारदर्शी खेल र प्रयत्न विगतमा जारी रहे अब त्यो प्रकारको अवस्थाले देश भित्र र बाहिर प्रसय पाउने अवस्था रहँदैन मन्त्री विष्टले भने "अदृश्य, अपारदर्शी र गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न ।"

अब आम जनता र राष्ट्रको हितका लागि काम गर्न कसैले रोक्न सक्दैन मन्त्री विष्टले भने "सरकार सुधारको बाटोमा होइन राजमार्ग बनाएर हिंड्न चाहन्छ।" आम जनताको हितका लागि काम गर्दा विभेदकारी संजाल, संयन्त्र हावी बन्ने र सुधार रोक्न अनेकन प्रयत्न हुने गरेको मन्त्री विष्टले बताए ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न आवश्यक कानुनी सुधार गर्न सरकार तयार रहेको उनले बताए । श्रमिकले आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउन प्रतिवद्द रहेको र त्यसका लागि दवाव झेल्न तयार रहेको बताए।

सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै