१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार कसुर भई फरार हुँदै आएका उमेश पुन जेल चलान

१० पुष २०७५, मंगलवार १३:४५

पुष १०, काठमाडौँ (रासस) | वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् । 

वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७४ असोज ३० गतेको फैसलाले तीन वर्ष कैद र रु तीन लाख जरिवाना ठहर भई फरार हुँदै आएका थापा सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार चलान भएका हुन् । फरार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँबाट पक्राउ गरी सोमबार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार उनी कारागार चलान भएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

विसं २०७१ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिबिना नै उनीसमेतका व्यक्तिले मकाउ पठाइदिने प्रलोभन देखाइ रु नौ लाख ठगी गरेको आरोपमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा परेको थियो । 

डम्बरजङ सारुमगर समेतको जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा न्यायाधिकरणले तीन वर्ष कैद र रु तीन लाख जरिवानाको फैसला सुनाएको थियो । पीडित व्यक्तिलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसहित हुन आउने रु १३ लाख ५० हजार भराइ दिने फैसला गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो