२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार कसुर भई फरार हुँदै आएका उमेश पुन जेल चलान

२०७५, १० पुष मंगलवार १३:४५

पुष १०, काठमाडौँ (रासस) | वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् । 

वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७४ असोज ३० गतेको फैसलाले तीन वर्ष कैद र रु तीन लाख जरिवाना ठहर भई फरार हुँदै आएका थापा सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार चलान भएका हुन् । फरार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँबाट पक्राउ गरी सोमबार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार उनी कारागार चलान भएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

विसं २०७१ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिबिना नै उनीसमेतका व्यक्तिले मकाउ पठाइदिने प्रलोभन देखाइ रु नौ लाख ठगी गरेको आरोपमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा परेको थियो । 

डम्बरजङ सारुमगर समेतको जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा न्यायाधिकरणले तीन वर्ष कैद र रु तीन लाख जरिवानाको फैसला सुनाएको थियो । पीडित व्यक्तिलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसहित हुन आउने रु १३ लाख ५० हजार भराइ दिने फैसला गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै